ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडितको उद्धारसँगै चोरी, ठगी र साइबर अपराध नियन्त्रणमा प्रहरीको निगरानी


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ११ : ४५   बजे

 

काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजीमा जुटेको नेपाल प्रहरीले नागरिकको जिउधनको सुरक्षा, राहत वितरण र शव व्यवस्थापनसँगै विपद्को मौका छोपी हुनसक्ने चोरी, लुटपाट, ठगी तथा साइबर अपराध नियन्त्रणलाई समेत प्राथमिकतामा राखेको छ। नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ७ हजार ८९४ जना प्रहरी कर्मचारी परिचालन भएका छन्। उनीहरूले घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउने, विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, राहत वितरणमा सहजीकरण गर्ने, क्षतिको विवरण सङ्कलन गर्ने तथा बाढीले बगाएर ल्याएका शवको खोजी र व्यवस्थापन गरिरहेका छन्। प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकको कमान्डमा खटिएका टोलीले स्थानीय प्रशासन, स्थानीय तह, नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरी उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएका छन्। प्रहरी प्रधान कार्यालयमा डिआइजी सुदर्शन कोइरालाको कमान्डमा विपद् प्रतिकार्य समन्वय केन्द्र स्थापना गरी उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनको समग्र समन्वय भइरहेको छ। शिक्षण अस्पताल महाराजगन्जमा डिआइजी ओमबहादुर रानाको कमान्डमा कमान्ड पोस्ट स्थापना गरी घाइतेको उपचार तथा शव व्यवस्थापनमा विभिन्न अस्पतालसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। हराइरहेका व्यक्तिको खोजी तथा प्रभावित क्षेत्रको क्षतिको विवरण सङ्कलन गर्न प्रहरीले ड्रोन क्यामेरा, तालिमप्राप्त कुकुर तथा विशेष सञ्चार उपकरण प्रयोग गरिरहेको छ। घाइतेको उद्धारपछि तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल प्रहरी अस्पतालबाट मेडिकल टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। घटनास्थलको मुचुल्का तथा कानुनी प्रक्रियाका लागि छुट्टै टोली खटाइएको प्रहरीले जनाएको छ। पहिचान खुल्न नसकेका शवको सुरक्षित व्यवस्थापन तथा भविष्यमा सनाखत गर्न सकिने प्रमाण सुरक्षित राख्न फोटो तथा भिडियो अभिलेख, फिङ्गरप्रिन्ट र डीएनए नमुना सङ्कलन भइरहेको छ। फरेन्सिक विज्ञसँग समन्वय गरी आवश्यक प्रमाण सुरक्षित राख्नुका साथै पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ (पहिलो संशोधन, २०८०) अनुसार स्थानीय तहसँग समन्वय गरेर शव व्यवस्थापन भइरहेको प्रहरीले जनाएको छ।

 

व

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले २५ मेगावाटको सोलार आयोजना ध्वस्त, ४ अर्ब लगानी जोखिममा

माथिल्लो त्रिशूली–३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी निकाल्ने तयारी

सम्बन्धित

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

मोरङ कारागारका कैदीबन्दीद्वारा प्रशासन र प्रजिअविरुद्ध नाराबाजी

भोटेकोशी बाढीमा मृत्यु भएकाको वैज्ञानिक प्रमाण सुरक्षित राखेर शव व्यवस्थापन

बागलुङमा अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu