ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीको समस्या समाधान भयो : मुख्यमन्त्री थापा


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १० : २५   बजे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाको भोटेकोसी बाढीपछि देखिएको तीन तहका सरकारबीचको समन्वयसम्बन्धी समस्या समाधान भएको बताएका छन् ।

सोमबार रसुवामा बसेको संघीय प्रतिनिधिसभा सदस्य, प्रदेश सरकार, स्थानीय तह, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको बैठकले तीनै तहका सरकारबीच समन्वय गरी राहत, उद्धार तथा पुनःस्थापनाको काम अघि बढाउने सहमति गरेको उनले बताए ।

मुख्यमन्त्री थापाका अनुसार राहत वितरणदेखि सडक तथा बाटो जोड्ने र मर्मत गर्ने कामसम्मका लागि तीनै तहले आ–आफ्नो जिम्मेवारी बाँडफाँट गरेर अघि बढ्ने सहमति भएको छ ।

‘तीनै तहका सरकार मिलेर राहत वितरणदेखि बाटोहरू जोड्ने, मर्मत गर्ने गरी आ–आफ्नो जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने कुरा भयो, आजबाट ग्याप फुलफिल भयो,’ उनले भने ।

यसअघि मुख्यमन्त्री थापाले आइतबार सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर विपद् व्यवस्थापनमा तीन तहका सरकारबीच आवश्यक समन्वय हुन नसकेको गुनासो गरेका थिए ।

उक्त भेटमा लामिछानेले विपद्का बेला स्थानीय र संघीय सरकारबीच समन्वय गराउने भूमिका प्रदेश सरकारले खेल्नुपर्ने बताएका थिए । साथै उनले संघीय सरकारबाट आवश्यक सहयोग जुटाउन समन्वय गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री थापाले बताए ।

‘रास्वपा सभापति र प्रधानमन्त्रीज्यूका सल्लाहकारले तीनै तहको सरकार समन्वय गरेर जानुपर्छ भन्नुभयो । मलाई प्रदेशको लिड गर्ने गरी पठाउनुभएको छ,’ मुख्यमन्त्री थापाले भने ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

आर्सनलको जितमा साकाको निर्णायक गोल

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

घरमै पुग्यो वडा कार्यालयको एकीकृत सेवा, ज्येष्ठ नागरिकदेखि एकल महिलासम्म लाभान्वित

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

एनभीएल : खप्तड फाल्कोन्सले भित्र्यायो बेनिनका डेटेलाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu