ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राफिन्हा र यामलको दुई–दुई गोलमा बार्सिलोनाको शानदार जित


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : ४५   बजे

 

काठमाडौं । कप्तान राफिन्हा र युवा स्टार लामिन यामलले दुई–दुई गोल गरेपछि साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले रायो भायकानोलाई ५–२ गोलले पराजित गरेको हो । घरेलु टोलीका लागि राफिन्हा र यामलले समान दुई गोल गरे भने एक गोल आत्मघाती उपहारका रूपमा प्राप्त भयो । भायकानोका दुवै गोल सर्जियो कामेलोले गरे ।

खेलको १२औँ मिनेटमा कामेलोले गोल गर्दै भायकानोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, १९औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

त्यसको दुई मिनेटपछि नै यामलले गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता बनायो । ५१औँ मिनेटमा भायकानोका डिफेन्डर फ्लोरियन लेजेउनेबाट आत्मघाती गोल भएपछि बार्सिलोनाले अग्रता ३–१ मा पुर्‍यायो ।

कामेलोले ५९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भायकानोलाई पुनः खेलमा फर्काउने प्रयास गरे । तर, ७१औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ९०औँ मिनेटमा यामलले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ५–२ को सहज जित पक्का गर्‍यो ।

लगातार तेस्रो जितसँगै बार्सिलोनाले तीन खेलबाट ९ अंक जोड्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । भायकानोले भने तीन खेलबाट एक अंक मात्रै जोडेको छ र १८औँ स्थानमा छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

सम्बन्धित

आर्सनलको जितमा साकाको निर्णायक गोल

एनभीएल : खप्तड फाल्कोन्सले भित्र्यायो बेनिनका डेटेलाई

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यास लिँदै मेस्सी

मेस्सीले भने– ‘अब राष्ट्रिय टोलीबाट बिदा हुने समय आयो’, २० वर्षे यात्रा अन्त्य

भोटेकोसी बाढीपीडितका लागि काठमान्डु गोर्खाजले दियो १५ लाख रुपैयाँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu