ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर क्यानकाे विधान जस्ताको त्यस्तै पारित


एबीसी न्यूज
६ बैशाख २०७५, बिहिबार   ६ : ४६   बजे

काठमाडौं, ६ वैशाख – बिहीबार काठमाडौंमा भएको साधारणसभाले संशोधित विधान जस्तोको त्यस्तै पारित गरेको छ । साधारणसभाका अधिकांश प्रतिनिधिले आईसीसीले भनेअनुसारकै विधान पेश भएकोले यसैलाई पारित गर्नुपर्ने धारणा राखेपछि बिहीबार नै विधान पारित  गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई साधारणसभाले पारित भएपछि क्यान निलम्बन फुकुवा हुने सम्भावना पनि बढेको छ ।

यसअघिको विधानमा रहेको पुरानो कार्यसमितिका १७ जना र राखेपका ७ जनाले निर्शत भोट हाल्न पाउने  र उनीहरु उम्मेदवार पनि हुन पाउने व्यवस्था रहेकोमा अब पुरानो कार्यसमितिका १७ र राखेपका ७ जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने  व्यवस्थासहितको विधान पारित भएको छ  ।

यस्तै क्यानको चुनाव अनुगमनको लागि पहिले ७ सदस्यीय अनुगमन टोली बनाउने उल्लेख भएकोमा नयाँ विधानमा आईसीसीका ३ जना, राखेपका १ जना र निर्वाचित भनिएको क्यानका १ जना रहने गरी ५ सदस्यीय समिति बनाउने उल्लेख छ । चुनावको लागि बन्ने ५ सदस्यीय समितिले जिल्लामा भैसकेको चुनावको पनि अध्ययन गर्ने र समस्या रहेका जिल्लामा समाधानको पहल गर्नेछ ।

यस्तै, मस्यौदामा नयाँ साधारण सदस्यको योग्यता, प्रदेशमा क्रिकेट संघको गठन, सदस्यता शुल्कलगायतका कुरा पनि आईसीसीले भने जस्तै गरी राखिएको छ ।विधान पारित भएसँगै नेपाली क्रिकेटमाथिको निलम्बन हट्ने सम्भावना बढेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

साधारणसभाले सहमति बमोजिम विधान पारित गरेमा आईसीसीले आउँदो जुन महिनामा हुने वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu