ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा बाढीको त्रासदीपछि चीनले नेपाल–तिब्बत बाढीका दृश्य सेन्सर गरेको हो ?


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ९ : ५६   बजे

काठमाडौं । भदौ १० मा चीन–नेपाल सीमा क्षेत्रमा आएको विनाशकारी बाढीले व्यापक क्षति पुर्याएको छ । नेपालमा बाढीका कारण सयौँको मृत्यु र हजारौँ बेपत्ता भएका छन् । चीन नियन्त्रित तिब्बत क्षेत्रमा भने डिजिटल दृश्यहरू हटाइएको डीडब्ल्यूले जनाएको छ ।

सर्वसाधारणले पोस्ट गरेका भिडियोहरू हटाउन चीनको सूचना नियन्त्रण संयन्त्र सक्रिय भएको बताइएको छ । नेपालमा पारदर्शी रूपमा क्षतिको विवरण बाहिर आइरहँदा चीनमा भने उद्धारका सकारात्मक सरकारी समाचारहरू मात्र प्रसारण गरिएको दाबी गरिएको छ ।

केरुङ पोर्ट भत्किएको दृश्य दबाइयो

बाढीपछि लेदो र गेग्रानसहितको ठूलो बाढीले चीन–नेपाल व्यापारिक नाका केरुङ पोर्टमा क्षति पुर्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा कालो धमिलो बाढीले सीमाको ‘राष्ट्रिय’ गेट ढलाएको दृश्य थियो ।

‘वीच्याट’मा ‘मातौ छिङनियान’ नामका ब्लगरले ‘केरुङ पोर्टमा अनपेक्षित लेदो बाढी’ शीर्षकमा लेख लेख्दै भागदौडको भयावह अवस्था वर्णन गरेका थिए । तर, केही घण्टामै उक्त लेख र भिडियो चिनियाँ सामाजिक सञ्जालबाट गायब पारिएको दाबी छ ।

चिनियाँ इन्टरनेट सेन्सरसिप अनुगमन गर्ने संस्था ‘चीन डिजिटल टाइम्स’का अनुसार सीमा गेट भत्किएको दृश्य निजी म्यासेजहरूमा समेत प्रतिबन्धित गरिएको थियो ।

कुनै हिंसात्मक वा राजनीतिक सामग्री नभए पनि राष्ट्रिय प्रतीक ‘नाकाको गेट’ भत्किएको दृश्य भएकाले सेन्सर गरिएको विज्ञहरूले बताएका छन् ।

अहिले चीनले ‘कि वर्डस्’ फिल्टर गर्नुका साथै भिडियो फिंगरप्रिन्टिङ र मेसिन लर्निङ प्रविधि प्रयोग गरी यस्ता दृश्यहरू पोस्ट हुनुअघि नै रोक्ने प्रविधि अपनाएको बताइएको छ ।

‘स्याचुरेटेड’ सेन्सरसिप र सरकारी प्रचार

बेइजिङले विवरण हटाउने मात्र नभई ‘स्याचुरेटेड इन्फर्मेसन’ रणनीतिमार्फत आधिकारिक प्रचारलाई बढावा दिएको बताइएको छ । सामाजिक संजाल ‘सिआओहोङसु’ जस्ता प्लेटफर्ममा ‘तिब्बत मुडस्लाइड’ खोज्दा सर्वसाधारणका भिडियोको सट्टा सरकार नियन्त्रित मिडियाका तयार पारिएका सामग्री र नक्साहरू मात्र देखिएको उल्लेख छ ।

सामाजिक संजाल ‘वेइबो’मा विपद्को पहिलो दिन मानिसहरूको ध्यान खिचे पनि भोलिपल्टै मृतकको संख्या तीन र बेपत्ता ५५८ मा सीमित राखिएको दाबी छ । त्यसलगत्तै राष्ट्रपति सी चिनफिङको निर्देशन र प्रधानमन्त्री ली छ्याङको स्थलगत निरीक्षणका समाचारहरूलाई प्राथमिकता दिइएको दाबी छ ।

संरचनागत लापरबाहीमाथि प्रश्न

केरुङ नाका यसअघि जुलाई २०२५ को बाढीका कारण ६ महिना बन्द भई गत जनवरी १ मा मात्र पुनः सञ्चालनमा आएको थियो । आठ महिनामै यो पुनः ध्वस्त भएको छ ।

भिडियो र ‘६ महिनाअघि मात्र खुलेको केरुङ नाका’ भन्ने ह्यासट्याग हटाइनुको मुख्य कारण पूर्वाधार निर्माण, स्थान छनोट र पूर्वसूचना प्रणालीको असफलतामाथि उठ्ने प्रश्नहरूलाई दबाउनु रहेको विश्लेषण गरिएको छ ।

चीनको कडा नियन्त्रणका कारण तिब्बतमा वैदेशिक पत्रकारहरूलाई प्रवेश निषेध रहेको र स्थानीय बासिन्दाहरूले स्वतन्त्र जानकारी साझा गरेमा कारबाहीको जोखिम रहेको बताइएको छ । डीडब्ल्यू

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि पत्रकार टेकराज थामीसहित पाँच परिवारका सदस्य सम्पर्कविहीन

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीपछि पत्रकार टेकराज थामीसहित पाँच परिवारका सदस्य सम्पर्कविहीन

Apple Changes Name of Lake Ontario to ‘Lake America’ in Maps App

IAEA Confirms Syria Built Nuclear Reactor Under Assad

Iran Accuses US of Bombing Wedding Party, Killing Five

Nepal and Japan Mark 70 Years of Diplomatic Relations

HoR Meeting Today to Discuss Bhotekoshi Flood Impact

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu