काठमाडौं । बाढी प्रभावित क्षेत्रमा खोजी तथा अनुसन्धान कार्यलाई तीव्रता दिन प्रविधिको उच्च प्रयोग गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा १२ वटा ड्रोन परिचालन गरिएको छ ।
पैदल गस्ती तथा खोजी गर्न कठिन दुर्गम क्षेत्रमा ड्रोनको सहायताले निगरानी र खोजी कार्य भइरहेको सचिवालयले जनाएको छ । त्यस्तै खोजी कार्यका लागि पाँच तालिमप्राप्त कुकुर परिचालन गरिएको छ भने सञ्चार सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा सूचना आदानप्रदानका लागि सातवटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ ।
घटनास्थलको अनुसन्धान तथा मुचुल्का तयार गर्न ६७ जना प्रहरी परिचालन गरिएको छ । विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि भने ७१५ जना प्रहरी खटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रभावित क्षेत्रमा ‘सिन अफ क्राइम अफिसर’सहितको विशेष टोली परिचालन गरिएको छ । शवको डीएनएलगायत वैज्ञानिक परीक्षण तथा पहिचानका लागि फरेन्सिक विज्ञहरूको विशेष टोलीसमेत परिचालन गरी खोजी, अनुसन्धान तथा शव व्यवस्थापनको कामलाई तीव्रता दिइएको सचिवालयले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्