ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपर त्रिशूली–१ का सुरुङमा फसेकाको उद्धारमा ढिलाइ भएको आफन्तको गुनासो


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   २ : ५५   बजे

काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै आफन्तले गुनासो गरेका छन् । उनीहरूले बाढी आएको सातौँ दिनमा मात्रै उद्धार सुरु गरिएको भन्दै निर्माण कम्पनी र राज्यको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

सम्पर्कविहीन कर्मचारी तथा प्राविधिकका आफन्त निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय पुगेर उद्धार कार्य तत्काल अघि बढाउन दबाब दिएका छन् । कम्पनीको कार्यालय पुगेका काँकडभिट्टाका कृष्ण खरेलले आयोजनामा कार्यरत कर्मचारी तथा प्राविधिकप्रति निर्माण कम्पनी र राज्य दुवैबाट पशुवत् व्यवहार भएको आरोप लगाए ।

उनका अनुसार बाढीले आयोजनाको कार्यालय नै बगाएकाले सम्पर्कविहीन कर्मचारीको यकिन तथ्यांकसमेत उपलब्ध हुन सकेको छैन । आफन्तहरूले आफ्नै स्तरबाट खोजी तथा उद्धार गर्न अनुमति माग्दा सरकारले अनुमति नदिएको र राज्यले समेत समयमै उद्धार गर्न नसकेको उनको गुनासो छ ।

खरेलका अनुसार उद्धारका लागि हेलिकप्टर उपलब्ध नभएको जानकारी पाएपछि पीडित आफन्तले सोमबार साँझ कम्पनीको कार्यालयमा तोडफोडसमेत गरेका थिए । उनले सगरमाथा उद्धार टोलीलाई हेलिकप्टरसहित परिचालन गर्न सेना प्रमुख र गृह मन्त्रालयका सचिवसँग समेत समन्वय गरेर आफूहरू कम्पनीको कार्यालय पुगेको बताए ।

उनका अनुसार हालसम्म सम्पर्कविहीन ८७ जनाको सूची प्राप्त भएको छ । तीमध्ये करिब ४३ जना आयोजनाको सुरुङभित्रै रहेको जानकारी आएको उनले बताए । सुरुङभित्र ठूलो ढुंगाले बाटो अवरुद्ध गरेको भनिएकाले प्राविधिक टोली परिचालन गर्नुपर्ने र उद्धारका लागि आवश्यक जेनेरेटरको व्यवस्था भइरहेको उनले जानकारी दिए ।

सरकारले मंगलबार मात्रै जलविद्युत् आयोजना निर्माण कम्पनीहरूलाई उद्धार कार्यका लागि अनुमति दिएको जनाइएको छ । रसुवा, नुवाकोट र धादिङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा करिब ९ सय जना सम्पर्कविहीन रहेको बताइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टीकापुर घटनामा रेशम चौधरीसहितलाई सजाय माफी दिने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

डडेलधुरामा महाकाली नदीको बहाव सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टीकापुर घटनामा रेशम चौधरीसहितलाई सजाय माफी दिने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

डडेलधुरामा महाकाली नदीको बहाव सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

भोटेकोसी बाढीबाट भएको क्षतिमा २५ अर्ब ८७ करोडको बीमा दाबी

६ कारोबार दिनपछि नेप्सेमा हरियाली, सूचक ९ अंकले बढ्यो

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मदन भण्डारी राजमार्ग सञ्चालनमा

Ex-Gang Leader Found Guilty of Tupac Shakur’s Murder

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu