काठमाडौं । राष्ट्रियसभा सदस्य युवराज शर्माले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग माग गरेका छन् । मंगलबार (भदौ १६) बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले भोटेकोसी बाढीलाई जलवायु परिवर्तनसहित मानवले प्रकृतिमाथि गरेको गलत छेडखानीबाट सिर्जित दुष्चक्रको प्रारम्भिक संकेतका रूपमा बुझ्न सकिने बताए ।
शर्माले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भने, “भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु । बाढीले ज्यान गुमाएकाप्रति शोक प्रकट गर्दछु ।”
उनले विपद् व्यवस्थापनका लागि नेपालको कमजोर सूचना प्रणालीलाई अत्याधुनिक बनाउनुपर्नेमा जोड दिए । “जे नहुनुपर्ने थियो, त्यो भइसक्यो । अब खोजी, राहत, उद्धार र पुनर्स्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ,” उनले भने ।
सांसद शर्माले सरकारलाई प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनसमेत आग्रह गरे ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्