ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार बाढीपीडितसम्म पुग्न सकेन : रामकुमारी झाँक्री


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : ४५   बजे

काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले बाढी तथा विपद्बाट प्रभावित नागरिकसम्म सरकार प्रभावकारी रूपमा पुग्न नसकेको आरोप लगाएकी छन्।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले सरकारले उद्धार तथा राहतका काममा प्रभावकारी समन्वय गर्न नसकेको बताइन्।

उनका अनुसार सरकारका मन्त्रीहरू सामाजिक सञ्जालमा प्रचारप्रसारमा व्यस्त देखिए पनि विपद्बाट प्रभावित नागरिकले भने सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न नसकेको अवस्था छ।

झाँक्रीले सामाजिक सञ्जालमा सरकारको गतिविधिको प्रचार बढी भए पनि त्यसले वास्तविक उद्धार तथा राहतको अवस्थालाई प्रतिबिम्बित नगरेको टिप्पणी गरिन्।

उनले भनिन्, “सोसियल मिडियामा भयंकर भिजिबिलिटी छ। सोसियल मिडियाको अल्गोरिदमहरू चुनाव जस्तै हाइपमा छ।”

मन्त्री तथा सांसदहरूले उद्धारमा खटिएको देखाउने तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्ने गरेकोप्रति व्यंग्य गर्दै उनले वास्तविक कामभन्दा प्रचारलाई प्राथमिकता दिइएको आरोप लगाइन्।

“कोही सांसदहरूलाई बोकेको फोटो हाल्नुभएको छ, कोही सांसदहरू हेलिकप्टर चढेको सेल्फीको फोटो हाल्नुभएको छ, मन्त्रीहरूले त अर्काको फोटोलाई पनि टनेलभित्र छिरेको भन्दै तानिरहनुभएको छ। अरू के नै गर्नुभएको छ र ?” उनले प्रश्न गरिन्।

सुरक्षाकर्मीको कामको प्रशंसा

यद्यपि, झाँक्रीले विपद्का बेला नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती प्रशासनले गरेको काम प्रशंसायोग्य रहेको बताइन्।

उनले जोखिमपूर्ण अवस्थामा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले गरिरहेको कामको प्रशंसा गर्दै राज्यका संयन्त्रलाई अझ प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिइन्।

विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन तयारी आवश्यक

झाँक्रीले जलवायु परिवर्तनका कारण आगामी दिनमा पनि अनावृष्टि, अतिवृष्टि, खडेरीलगायतका प्राकृतिक विपद् दोहोरिन सक्ने भन्दै सरकार र नागरिक दुवैले पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने बताइन्।

उनका अनुसार विपद् आएपछि उद्धार र राहतमा मात्र केन्द्रित हुनुको सट्टा विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र पूर्वतयारीलाई राज्यको दीर्घकालीन प्राथमिकता बनाउन आवश्यक छ।

एमालेले आफ्नै राहत अभियान चलाइरहेको दाबी

यसैबीच, झाँक्रीले नेकपा (एमाले)ले प्रदेश तथा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर बाढी प्रभावित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्।

उनले विपद्को समयमा राजनीतिक दल, सरकार, स्थानीय तह तथा नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

सुरुङमा फसेकाको उद्धारमा अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन कांग्रेसको आग्रह

‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था’ : ओली

रसुवा बाढीको क्षतिबारे एमालेको स्थलगत अध्ययन, ओलीलाई बुझायो प्रतिवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu