ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : ३५   बजे

काठमाडौं । विभिन्न क्षेत्रका ३१ जना नागरिक अगुवाले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरणमा संघीय सरकारले स्थानीय तहलाई पर्याप्त भूमिका नदिएको आरोप लगाएका छन्।

कनकमणि दीक्षित, सुशील प्याकुरेल, डा. बिमला राई पौड्याल, भक्त विश्वकर्मालगायत नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहलाई सहभागी नगराउँदा उद्धार तथा राहत वितरण प्रभावकारी हुन नसकेको दाबी गरेका हुन्।

उनीहरूले यही अवस्था कायम रहे निकट भविष्यमा सञ्चालन हुने बाढी प्रभावितको पुनःस्थापना र पुनर्निर्माणको कामसमेत प्रभावकारी नहुने चिन्ता व्यक्त गरेका छन्।

‘एकद्वार प्रणाली प्रभावकारी भएन’

नागरिक अगुवाहरूले सरकारले राहत वितरणका लागि अपनाएको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन नसकेको बताएका छन्।

विज्ञप्तिमा राहत संकलन तथा वितरणमा नेपाली सेनाको नियन्त्रणकारी भूमिकाका कारण पीडित नागरिक थप समस्यामा पर्न सक्ने उल्लेख गरिएको छ।

“राहत वितरणमा सरकारले स्थापना गरेको एकद्वार प्रणाली प्रभावकारी हुन सकेको छैन,” विज्ञप्तिमा भनिएको छ।

उनीहरूले एकद्वार प्रणालीको नाममा नागरिक संघसंस्थाको भूमिका खुम्च्याउनुको सट्टा सरकारी तथा नागरिक संयन्त्रको सहभागिता अझ फराकिलो बनाउनुपर्ने माग गरेका छन्।

नागरिक अगुवाहरूका अनुसार स्थानीय आवश्यकता र वास्तविक अवस्थाबारे सबैभन्दा बढी जानकारी स्थानीय तहसँग हुने भएकाले उद्धार, राहत र पुनःस्थापनामा स्थानीय सरकारलाई प्रभावकारी रूपमा सहभागी गराउन आवश्यक छ।

उद्धार र राहतमा नागरिक संघसंस्थाको भूमिका विस्तार गर्न माग

विज्ञप्तिमा नागरिक संघसंस्थाहरूलाई राहत तथा उद्धार कार्यमा सहभागी हुन सहज वातावरण बनाउन सरकारसँग आग्रह गरिएको छ।

सरकारी संयन्त्रसँगै नागरिक समाज, स्वयंसेवी संस्था तथा स्थानीय समुदायलाई प्रभावकारी रूपमा परिचालन गर्न सके प्रभावित नागरिकले छिटो र प्रत्यक्ष रूपमा राहत तथा उद्धारको अनुभूति गर्न सक्ने उनीहरूको भनाइ छ।

‘एकीकृत सूचना प्रणाली आवश्यक’

नागरिक अगुवाहरूले सुरक्षाकर्मीको नेतृत्वमा सञ्चालित उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारका तर्फबाट एकीकृत सूचना प्रणाली स्थापना गर्नुपर्ने माग गरेका छन्।

सीमित र छानिएका समाचार मात्र सार्वजनिक गर्दा समाजमा गलत सूचना तथा अफवाह फैलिने जोखिम रहेको उनीहरूले बताएका छन्।

विपद्का बेला उद्धार, राहत, मृत्यु, बेपत्ता तथा पुनःस्थापनासम्बन्धी विश्वसनीय र समयमै सूचना सार्वजनिक गर्ने प्रणाली विकास गर्न सरकारसँग आग्रह गरिएको छ।

सञ्चारमाध्यमलाई निर्वाध सूचना संकलनको वातावरण बनाउन माग

नागरिक अगुवाहरूले स्वदेशी तथा विदेशी सञ्चारमाध्यमलाई प्रभावित क्षेत्रमा निर्वाध रूपमा समाचार संकलन, प्रसारण तथा सूचना प्रवाह गर्न सक्ने वातावरण बनाउनसमेत सरकारसँग माग गरेका छन्।

उनीहरूका अनुसार विपद्को वास्तविक अवस्था बाहिर आउन स्वतन्त्र र तथ्यमा आधारित समाचार संकलन आवश्यक छ। सञ्चारमाध्यमको पहुँच सीमित गर्दा सूचनाको अभावमा अपुष्ट तथा अफवाहपूर्ण सूचना फैलिन सक्ने जोखिम बढ्ने उनीहरूको भनाइ छ।

बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, नागरिक संघसंस्था, सुरक्षाकर्मी र सरकारी निकायबीच समन्वय बढाउनुपर्ने माग गर्दै उनीहरूले पुनःस्थापनाको चरणमा समेत प्रभावित समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गाँजाबाट समृद्धिको सपना : प्रतिबन्ध खोल्ने सरकारी तयारी, सम्भावना र चुनौती

सरकार बाढीपीडितसम्म पुग्न सकेन : रामकुमारी झाँक्री

बाढीमा मृत्यु भएकामध्ये १ हजार ५० शव फेला, पहिचान नभएकाको वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन

चापाकोटका वडाध्यक्ष भुपराज वस्तीमाथि मोविल छ्यापियो

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

गैरसरकारी विधेयक कार्यसूचीमा नपरेपछि पूर्वमुख्यमन्त्री शर्माको सदनमै धर्ना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu