ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन भन्नु उचित होइन’ : रास्वपा सचेतक धिताल


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ४ : ३५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह स्वतः सक्रिय नभएको भन्दै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।

सोमबार पूर्वाधार विकासमन्त्री लम्सालले विपद् आएपछि स्थानीय तह स्वतः क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै त्यसबारे अनुसन्धान गर्नुपर्ने बताएका थिए।

मन्त्रीको उक्त अभिव्यक्तिको जवाफ दिँदै धितालले मंगलबार सामाजिक सञ्जालमार्फत काठमाडौंमा बसेर विपद् प्रभावित स्थानीय तह सक्रिय भएनन् वा समन्वय गरेनन् भनेर आरोप लगाउनु उचित नहुने बताएकी हुन्।

उनले विपद् प्रभावित स्थानीय तह आफैँ पनि विपद्को प्रत्यक्ष पीडित रहेको स्मरण गराएकी छन्।

‘अरे, हामीले कस्तो नसम्झेको ! स्थानीय तह आफैँ पनि यो विपद्को पीडित हो। उसको आफ्नै सहर बगर बनेको छ। आफैँ गाँस, बास, कपास गुमाएको छ। उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो ?’ धितालले प्रश्न गरेकी छन्।

उनले विपद्का बेला स्थानीय तहलाई दोषारोपण गर्नुको सट्टा उनीहरूलाई आवश्यक स्रोत–साधन र सहयोग उपलब्ध गराएर उभिन सक्ने बनाउनु सबैको साझा जिम्मेवारी भएको बताएकी छन्।

धितालले संघ, प्रदेश र स्थानीय तहलाई एकअर्काका प्रतिस्पर्धीका रूपमा नभई संकटका बेला एकअर्काका सहारा बन्नुपर्ने धारणा राखेकी छन्।

‘स्थानीय तहलाई उभिन सक्ने बनाउनु सबैको जिम्मेवारी हो,’ उनले भनेकी छन्, ‘विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, सहारा हुन्।’

उनको भनाइसँगै विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका, अधिकार तथा स्रोत–साधनको अवस्थाबारे पुनः बहस सुरु भएको छ। विशेषगरी ठूलो विपद्का बेला आफ्नै संरचना र जनशक्ति प्रभावित भएको स्थानीय तहबाट तत्काल पूर्ण क्षमतामा उद्धार तथा राहतको अपेक्षा गर्नु व्यवहारिक हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ६८ पुग्यो, ४ हजार ६०६ अझै बेपत्ता

महाकालीमा पानीको बहाव यो वर्षकै उच्च, बनबासा पुलमा सवारी आवागमन प्रभावित

सम्बन्धित

सुरुङमा फसेकाको उद्धारमा अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन कांग्रेसको आग्रह

सरकार बाढीपीडितसम्म पुग्न सकेन : रामकुमारी झाँक्री

‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था’ : ओली

रसुवा बाढीको क्षतिबारे एमालेको स्थलगत अध्ययन, ओलीलाई बुझायो प्रतिवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu