काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म एक हजार १२७ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा नौ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये एक हजार ११३ वटाको लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रहरीले बाढी प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिसकेको जनाएको छ।
यद्यपि, बाढीपछि अझै ४ हजार ८५८ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्थानीयवासी तथा विभिन्न निकायसँग समन्वय गरी उद्धार र खोजी कार्य अघि बढाउने तथा अवरुद्ध सडक र बाटो खुलाउने कामसमेत जारी राखेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्