ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित क्षेत्रमा बिटिएस साइट सुचारु


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्णरुपमा नेटवर्क पहुँच कायम गरेको छ । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर रुपमा वाढी प्रभावित क्षेत्र तथा विपद प्रतिकार्य कक्षमार्फत सेवा पुनः सुचारु गर्ने कार्यमा खटिएपश्चात साइट सुचारु भएको हो । सो कार्यका लागि बाढीले सडक तथा विद्युत अवरुद्ध भएको स्थानहरुमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिकसहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराइ सेवा सुचारु गरिएको थियो।

नेपाल–चीन सिमानजिक रहेको कम्पनीको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै वाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत र उद्धार कार्य सञ्चालन भएका सबै स्थानहरुमा सञ्चार सेवाको पहुँच पुगेको थियो। बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवामध्ये ८३ साइटमार्फत सञ्चालित सेवाहरु अवरुद्ध भएका थिए । तीनवटा साइटहरु टिमुरे, चिलिमे खोला र त्रिशूली ३ ‘बी’ साइट पूर्णरुपमा क्षतिग्रस्त भएका थिए।

नेपाल टेलिकमले बुधबार बाढीबाट प्रभावित धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सुचारु गरेसँगै नेपाल टेलिकमको सबै साइटहरु सुचारु भएका छन् । पूर्णरुपमा क्षतिग्रस्त भएका साइटबाट उपलब्ध सेवाहरु हाल अन्य साइटबाट उपलब्ध गराइएका छन् । मोबाइल सेवाको थप प्रभावकारिताका लागि उक्त क्षतिग्रस्त साइटलाई प्राथमिकतामा राखी पुनःनिर्माण गरी सञ्चालनमा ल्याइने छ।

भदौ १० गते बाढी आएको जानकारी प्राप्त भएलगत्तै नेपाल टेलिकमका प्राविधिकहरु साइट सुचारु कार्यका लागि निरन्तर रुपमा खटिएका छन् । भदौ ११ गते रसुवा जिल्लाका न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर, इन्धन तथा ब्याट्री लगायतका उपकरणहरु पठाई सेवा सुचारु गरिएको थियो ।

रसुवा जिल्ला सदरमुकाम धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो । यसैगरी भदौ १२ गते रसुवाको गोलजुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा अवस्थित टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिकहरु खटाई सेवा सुचारु गरिएको थियो । नुवाकोट जिल्ला अन्तर्गतको मदनपुर, बट्टार, बिदुर बसपार्क तथा धादिङ जिल्ला अन्तर्गत बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धनसहित कर्मचारीहरु परिचालन गरी सेवा सुचारु गरिएको थियो।

भदौ १३ गते रसुवाको त्रिशूली ३ ‘ए’ सँगै रहेको टावर, रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावर तथा नुवाकोट जिल्लाको बुङताङमा रहेको टावर समेत सञ्चालनमा ल्याइएको थियो । यी वाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर सुचारु भएका थिए । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका छन् ।

भदौ १४ गते थप ७ स्थानमा सेवा सुचारु गरियो, जसमा रसुवा जिल्ला अन्तर्गत नेपाल–चीन सिमामा रहेको रसुवा बोर्डरसाइट लगायत अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ साइटहरु थिए । त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी साइट रहेका थिए । रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका थिए । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरु सञ्चालनमा ल्याइएका थिए। भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूलीबजार साइट सुचारु गरिएको थियो।

प्रभावित क्षेत्रका मुख्य प्राथमिकता प्राप्त साइटहरु अनवरत रुपमा सञ्चालनमा ल्याउनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारीहरु परिचालन गरिएको थियो तथा हालसम्म पनि विद्युत आपूर्ति नियमित नभएका साइटहरु जेनेरेटरमार्फत सञ्चालनमा रहेका छन्।

कतिपय स्थानका साइटहरु विद्युत सेवा आपूर्तिको सहजतासँगै स्वतः सञ्चालनमा आएका छन् र फोरजी सेवाको प्रभावकारिता वृद्धि हुँदै गएको छ । यस कार्यमा नेपाल टेलिकमका कर्मचारीसँग निरन्तर सहकार्य गर्दै सेवा सुचारू गर्न सहयोग र समन्वय गर्नुहुने तालुक मन्त्रालय, नेपाली सेना तथा समस्त सुरक्षा निकाय, नेपाल विद्युत प्राधिकरण, विद्युत गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय निकाय, स्वयंसेवी संस्था, मोबाइल मर्मत सेवा प्रदायकका प्राविधिक, सञ्चार माध्यम तथा मोबाइल सेवासँग सम्बन्धित कम्पनीका सहयोगी निकायहरु सबैप्रति कम्पनी आभार प्रकट गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

लाइसेन्स सकिन दुई साता बाँकी रहँदा यूटीएलले माग्यो ९ करोड ५० लाख डलर विदेशी लगानी

उद्धारमा सरकारको ढिलाइप्रति संसद्मा शाहीको प्रश्न

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसीटीभी जडान

नासाको नयाँ ‘रोमन’ स्पेस टेलिस्कोप अन्तरिक्षमा, खोज्नेछ ब्रह्माण्डका गहिरा रहस्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu