ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी न्युजको १९ औं वार्षिकोत्सव : समय बदलियो, माध्यम बदलियो, एबीसीको विश्वास बदलिएन


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   १० : ०५   बजे

एबीसी न्युजले यतिबेला १९ औं वाषिकोत्सव सफलतापूर्वक मनाइरहेको छ ।  ‘गाउँ, सहर र दुनियाँ ब्युँझाउने अभियान’को उद्देश्यसहित २०६५ साल भदौ १९ गतेबाट सुरु भएको एबीसी न्युजले  केवल एउटा सञ्चार संस्थाले पूरा गरेको समय होइन, नेपाली पत्रकारितामा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको एउटा महत्वपूर्ण यात्रा हो ।

गणतन्त्र नेपालको पहिलो न्युज च्यानलका रूपमा भू–उपग्रह प्रणालीबाट सुरु भएको एबीसीको यात्रा आज टेलिभिजनको पर्दाबाट डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल, युट्युब र इन्टरनेटसम्म विस्तार भएको छ । प्रविधि बदलिँदै गयो, दर्शकको समाचार हेर्ने शैली बदलिँदै गयो, सञ्चारका माध्यम बदलिँदै गए—तर एबीसीको मूल प्रतिबद्धता बदलिएको छैन । तथ्यपूर्णता, सन्तुलन र विश्वसनीयतालाई पत्रकारिताको मूल मन्त्र बनाउँदै एबीसीले निरन्तर आफ्नो यात्रा अघि बढाइरहेको छ ।

यो यात्रा संघर्ष, चुनौती र उपलब्धिको साझा कथा हो । सीमित स्रोतसाधन र प्रविधिबीच सुरु भएको एबीसीले समयसँगै आफूलाई निरन्तर परिमार्जन गर्दै नेपाली टेलिभिजन पत्रकारितामा फरक स्थान बनाउन सफल भयो । समाचारको गति, प्रस्तुति र विषयवस्तुमा नवीनता ल्याउँदै एबीसीले दर्शकमाझ आफ्नो छुट्टै प्रभाव निर्माण गर्‍यो । यही प्रभाव आज दर्शकको माया, विश्वास र निरन्तर साथमा देखिन्छ ।

नेपालको राजनीतिक परिवर्तनदेखि प्राकृतिक विपत्तिसम्म, सामाजिक आन्दोलनदेखि आर्थिक उतारचढावसम्म र राष्ट्रिय घटनादेखि अन्तर्राष्ट्रिय गतिविधिसम्म एबीसीका क्यामेरा निरन्तर सक्रिय रहे । भूकम्पका बेला पीडितको बीचमा, बाढी–पहिरोका बेला जोखिममा रहेका नागरिकका बीचमा, आन्दोलनका बेला सडकमा र संकटका बेला जनताको आवाजसँगै एबीसी उपस्थित भयो । घटनालाई केवल देखाउने होइन, त्यसको प्रभाव र वास्तविकता बुझाउने प्रयास एबीसीको पत्रकारिताको विशेषता बन्दै आएको छ ।

एबीसीले काठमाडौंको समाचार मात्र होइन, गाउँको आवाजलाई पनि राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरेको छ । हिमाल, पहाड र तराईका दुर्गम बस्तीमा पुगेर स्थानीय समस्या, सम्भावना र नागरिकका आवाजलाई देशभर पुर्‍याउने काम एबीसीका ब्युरो र संवाददाताले निरन्तर गर्दै आएका छन् । किसानदेखि मजदुरसम्म, विद्यार्थीदेखि व्यवसायीसम्म, युवादेखि ज्येष्ठ नागरिकसम्म र आवाजविहीन समुदायदेखि नीति निर्मातासम्म—समाजका विविध पक्षलाई एबीसीले आफ्नो समाचार र कार्यक्रमको माध्यमबाट जोड्दै आएको छ ।

एबीसीको अर्को महत्वपूर्ण परिचय हो—खबरदारीको पत्रकारिता । सुशासन, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र आर्थिक समृद्धिका सवालमा निरन्तर प्रश्न उठाउँदै एबीसीले सार्वजनिक सरोकारका विषयलाई प्राथमिकता दिँदै आएको छ । राज्यका नीति र निर्णयले आम नागरिकको जीवनमा पारेको प्रभावबारे बहस सिर्जना गर्ने र जिम्मेवार निकायलाई जवाफदेही बनाउने प्रयास एबीसीको पत्रकारिताको महत्वपूर्ण हिस्सा बनेको छ ।

प्राकृतिक विपत्ति र संकटका बेला समाचार संकलनमा मात्र सीमित नरही उद्धार तथा राहतका सवालमा समेत एबीसीले सामाजिक जिम्मेवारी निर्वाह गर्दै आएको छ । कठिन परिस्थितिमा नागरिकको आवाज बन्ने र पीडितका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने प्रयासले एबीसीलाई एउटा टेलिभिजन च्यानलभन्दा माथि, समाजसँग जोडिएको सञ्चार माध्यमका रूपमा स्थापित गरेको छ ।

यात्रामा एबीसीले पत्रकारिताका अनेक आरोह–अवरोह पार गरेको छ । हरेक चुनौतीसँगै नयाँ अनुभव प्राप्त गरेको छ । हरेक परिवर्तनसँगै आफूलाई नयाँ ढंगले प्रस्तुत गरेको छ । यही निरन्तरता, समर्पण र परिवर्तनलाई आत्मसात् गर्ने क्षमताले एबीसीलाई आजको स्थानसम्म ल्याएको हो ।

‘अल्वेज फस्र्ट, अल्वेज फास्ट’को भावनासहित एबीसीले समाचारको गति र विश्वसनीयतालाई सँगसँगै अघि बढाउँदै आएको छ । समाचारमा पहिलो बन्ने प्रयाससँगै सही सूचना दिनुलाई जिम्मेवारी ठान्दै एबीसीले दर्शकको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो सम्पत्तिका रूपमा लिएको छ ।

नयाँ पुस्ताका नयाँ आवाज सुन्ने, नयाँ प्रविधिसँग अघि बढ्ने, नयाँ शैलीमा समाचार प्रस्तुत गर्ने र बदलिँदो विश्वसँगै पत्रकारितालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता एबीसीको छ । तर यात्राको आधार भने उही रहनेछ—सत्य, तथ्य, सन्तुलन र विश्वसनीयता ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार भएका दुईजनालाई काठमाडौं ल्याइयो

एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा, डिल्लीराम श्रेष्ठ अन्तरिम प्रमुख

सम्बन्धित

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट सञ्जय र कविरको सकुशल उद्धार (तस्बिरहरू)

टेलिभिजनका १९ वर्ष संकट, संघर्ष र समय

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

जहाँ विपद्, त्यहाँ स्थानीय सरकार : भोटेकोशी बाढीमा अग्रपङ्क्तिमा जनप्रतिनिधि

रसुवा : कार्यालय बगे, सहकर्मी बेपत्ता भए, तर उद्धारमा जुटिरहे कर्मचारी

‘नगन्य गल्तीको ठुलो सजाय भोगिरहेका छौँ’ : प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu