ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिभिजनका १९ वर्ष संकट, संघर्ष र समय


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   १० : ३५   बजे

१९ वर्षअघि जनताको आवाजलाई क्यामरा र दृश्यमार्फत दूरदराजसम्म पुर्‍याउने दुस्साहसबाट सुरु भएको एबीसी टेलिभिजन आज आफ्नो टिनएज पार गर्दै गर्दा प्रश्न उही छ—बदलिँदो समय, प्रविधिको बाढी र समाजको विश्वास संकटबीच मूलधारको पत्रकारिता अब कुन दिशा लिने?

पत्रकार आफैँमा जनतासँग जोडिएको एउटा बिम्ब हो।

जनताको दुःख, सपना, प्रश्न र आवाजलाई राज्यसम्म पुर्‍याउने माध्यम हो पत्रकारिता। हराएको गाउँ खोज्ने, दबिएको आवाज उठाउने, राज्यलाई जनताप्रति जवाफदेही बनाउने र कहिलेकाहीँ समाचारमार्फत मानिसको जीवन नै बदल्ने शक्ति पत्रकारितासँग हुन्छ।

तर पत्रकारिता आफैँ पनि समयसँगै बदलिनुपर्छ। यो सत्य पनि त हो। नभए समाजको वेग, युवाहरूको चाहना र सही सूचनाको प्रवाह कसरी हुन सक्छ?

हामीले टेलिभिजनको परिकल्पना गरेको समय आजभन्दा बिल्कुल फरक थियो। प्रविधि सीमित थियो। सामाजिक सञ्जालको कल्पना थिएन। हातहातमा क्यामरा थिएनन्। सूचना उत्पादन र प्रसारणको शक्ति केही सञ्चारमाध्यमको हातमा थियो। आज अवस्था उल्टिएको छ। हरेक मानिसको हातमा क्यामरा छ। हरेक मानिस सूचना उत्पादन गर्न सक्छ। केही सेकेन्डमै संसारभर सूचना पुर्‍याउन सक्छ।

आज समाजमा धेरै मानिस पत्रकारजस्तै देखिन्छन्। तर एउटा प्रश्न अझै खडा भइरहेको छ—क्यामरा बोक्दैमा कोही पत्रकार बन्छ? पत्रकारिता क्यामराभन्दा ठूलो कुरा हो। त्यसमा सत्यता चाहिन्छ। निष्पक्षता चाहिन्छ। आधिकारिकता चाहिन्छ। जिम्मेवारी चाहिन्छ। तथ्य जाँच्ने धैर्य चाहिन्छ। र सबैभन्दा महत्वपूर्ण—जनताको दुःखलाई आफ्नो जिम्मेवारी ठान्ने संवेदना चाहिन्छ।

यही एउटा दुस्साहस बोकेर नै हामीले टेलिभिजनको सुरुवात गरेका थियौँ।

आफूले पढेर गोल्ड मेडलसम्म प्राप्त गरेको विषयमा पोख्त रहेर, क्यामरामा कैद गरिएका जनताका दुःख र जनताको अवस्थालाई राज्यसम्म पुर्‍याउने र शब्द र दृश्यमार्फत देशका दूरदराजसम्म पुर्‍याई टेलिभिजनलाई जनताको आवाज बनाउने सपना देखेका थियौँ। त्यो सपना थियो—एबीसी टेलिभिजन। त्यो कुनै बनिबनाउ संस्था थिएन। कसैले तयार पारेर दिएको प्लेटफर्म थिएन। दुःख, मेहनत, विश्वास र धेरै जनाको लगानीबाट बनेको संस्था थियो।

सगरमाथा टेलिभिजनमा केही असमझदारी र विवादपछि नयाँ यात्राको आवश्यकता महसुस भयो। त्यसपछि सुरु भएको यो यात्रा केवल एउटा टेलिभिजन खोल्ने निर्णय थिएन, यो आफ्नै विश्वासमाथि गरिएको ठूलो लगानी थियो। समर्पण थियो र त्याग थियो।

धेरै उद्योगी–व्यवसायी साथीहरूले थोपा–थोपा गरेर लगानी गरी बनाएको आस्था, विश्वास र जनताको काम गर्ने मिसन थियो। विश्वास थियो। त्यही विश्वास, त्यही साथ र त्यही भरोसाको जगमा उभिएको थियो एबीसी टेलिभिजन।

काम थियो। संघर्ष थियो। तर सपना पनि थियो। त्यही सपना विस्तारै एउटा संस्थामा परिणत भयो। र त्यो संस्था आज १९ वर्षको भएको छ।

१९ वर्ष केवल समय होइन। १९ वर्ष भनेको क्यालेन्डरमा बितेका वर्षहरू मात्र पनि होइनन्। यो एउटा पुस्ताको परिवर्तन हो। यो प्रविधिले मारेको छलाङ हो। समाजको बदलिँदो मनोविज्ञान हो। राजनीतिक परिवर्तनको साक्षी हो। राज्यव्यवस्था बदलिँदाको कथा हो। र यो हामीले हाम्रो पत्रकारिताले भोगेको उतारचढाव पनि हो।

एबीसी टेलिभिजनको यात्रा गणतन्त्रपछिको नेपालसँगै अघि बढ्यो। राज्यव्यवस्थालाई खबरदारी गर्दै सुरु भएको यो यात्राले जनताको पक्षमा कति काम गर्न सक्यो, कति सकेन—त्यसको मूल्यांकन गर्ने अधिकार आम दर्शकसँग छ। तर यति भने भन्न सकिन्छ—

यी १९ वर्षमा देशले धेरै परिवर्तन देख्यो, र टेलिभिजनले ती परिवर्तनलाई नजिकबाट नियाल्यो।

राजनीतिक परिवर्तन भए। सामाजिक मूल्य–मान्यता बदलिए। मानिसका सोच बदलिए। समाजको प्राथमिकता बदलियो।

तर सबैभन्दा ठूलो परिवर्तन प्रविधिमा आयो। जब क्यामरा सबैको हातमा पुग्यो।

कुनै समय समाचारका लागि पत्रकार घटनास्थल पुग्नुपर्थ्यो। क्यामरा बोकेर हिँड्नुपर्थ्यो। समाचार लेख्नुपर्थ्यो। सम्पादन गर्नुपर्थ्यो। प्रसारणका लागि लामो प्रक्रिया पूरा गर्नुपर्थ्यो।

आज एउटा मोबाइलले त्यो सबै काम गर्न सक्छ। घटना भयो। भिडियो खिचियो। सामाजिक सञ्जालमा राखियो। केही मिनेटमै हजारौँ मानिससम्म पुग्यो।

तर त्यहीँबाट अर्को ठूलो संकट जन्मियो—सत्य र असत्यबीचको सीमा निर्धारण गर्न गाह्रो भयो। मोबाइलमा आएको सूचना सत्य हो कि होइन भन्ने जानकारी जनताले कसरी प्राप्त गर्ने भन्ने संकट आज पनि खडा भइरहेको छ।

यस्ता तमाम विषयहरू छन्, जसले मूलधारका मिडियाहरूमाथि ठूलो चुनौती थपिएको छ। र पनि समयको बहावसँगै आफूलाई पनि परिवर्तन गरेर समाज, देश र जनतासँग प्रत्यक्ष जोडिन सक्नु र सत्य समाचार, निष्पक्ष विचार र सन्तुलित प्रस्तुति दिनु हाम्रो कर्तव्य हो।

सामाजिक सञ्जालसँगै आधिकारिकता के हो? भन्ने अन्योल खडा भइरहेको समयमा सञ्जालले नै देशका मेकानिजमहरू चेन्ज गरिदिनु, फेक समाचारको बाढीले जनताका वास्तविक दुःखहरूमा कटाक्ष गर्नुजस्ता संकटमा मूलधारका मिडियाहरूले आफूलाई पुनर्निर्माण गरेर नयाँ प्रविधि, नयाँ सोच र जनताका चाहनालाई आत्मसात् गर्न जरुरी छ।

अहिलेको समय भनेको आम नागरिकका लागि नै संक्रमणको समय हो। जनताले राज्यव्यवस्थाको नयाँ मोडालिटी, विकास, पहुँच र सम्भावना खोजिरहेको समयमा हामीले पनि टेलिभिजनलाई समयसँगै, नयाँ पुस्ताको सोचसँगै सत्य सूचना कसरी पाउने भनेर काम गर्न जरुरी छ।

सम्पूर्ण अप्ठ्याराहरूको सामना गरेर देशमा देखिएका संकट, बदलिएका युवा मानसिकता अनि फेक समाचारबाट कसरी समाजलाई सुसूचित बनाएर अगाडि बढाउन सकिन्छ, ती विषयहरूमा हामीले पनि आफूलाई पुनर्विचार गरेर मूलधारका मिडियाहरूलाई कसरी युवाहरूसम्म पुर्‍याउने, कसरी दूरदराजसम्म भत्किँदै गएको समाजमा नयाँ रक्तसञ्चार भर्ने भन्ने सोच्न जरुरी छ।

गएको वर्ष जेन्जी आन्दोलनका कारण देशले ठूलो क्षति बेहोर्नुपर्‍यो। यो वर्ष फेरि देशले प्राकृतिक विपत्तिको अकल्पनीय दुःख सामना गर्नुपरेको यस घडीमा टेलिभिजन र हरेक मूलधारका मिडियाहरूले अब कसरी जनतालाई सही सूचना र सही मार्गदर्शन दिन सकिन्छ र जनताको दुःखमा नयाँ पुस्ताको साथ लिएर कसरी समाजलाई यो फेक र दलदलबाट बचाउन सकिन्छ भनेर काम गर्न जरुरी छ।

कसले के भने, के भन्लान् भन्दा पनि हाम्रो सानो प्रयासले मानिसहरूको जीवन परिवर्तन गर्न सकियो कि सकिएन भन्ने कुरा ठूलो कुरा हो। अहिले मानिसमा साना, छोटा र प्रायः फेक समाचारका कारण सत्य के हो भन्ने पनि अन्योल भइरहेको छ। भाइरल हुने बहानामा जे पनि गर्ने मानसिकताको सिर्जना भएको छ। यस्तो अवस्थालाई हटाएर जनतामाझ, परिवर्तन चाहेको युवामाझ सही र सत्य सूचना प्रवाह गर्नु मूलधारका मिडियाहरूको चुनौती पनि हो।

यसमा हामी एक भएर आम मिडिया तथा पत्रकार साथीहरू लाग्नुपर्ने हुन्छ। समाजलाई दिशा दिने सही व्यक्ति र संस्था भनेकै मिडियाहरू हुन्। क्यामरा हातमा बोक्दैमा कोही पत्रकार बन्न सक्दैन। त्यसमा सत्यता, निष्पक्षता र आधिकारिकता हुनुपर्छ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने हुन्छ।

टेक्नोलोजीले ल्याएको संकट, समयले ल्याएको बहाव र प्रकृतिले ल्याएको प्रलयलाई सामना गर्न सबै मिडियाकर्मी, राज्य संयन्त्र, पार्टी, संगठन, उद्योगी–व्यापारी सबै एक ठाउँमा नभई यो संकट पार लाग्दैन। संकटमा हातेमालो गरेर नै अगाडि बढौँ।

टेलिभिजनका यी लामा वर्षहरूमा हामीलाई माया गर्ने, आलोचना गर्ने, साथ–सहयोग गर्ने, राम्रो गर भनेर घच्घचाउने, गाली गर्ने, सुझाव दिने, हरेक प्रकारका सहयोगबाट परिवर्तनको यो बहावलाई मार्गनिर्देश गर्ने सबैसबैमा शुभेच्छा तथा नमन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा पृथ्वी राजमार्ग जोड्न नयाँ ट्र्याक निर्माण सुरु

भोटेकोशी बाढीले नेपालसहित विश्वका हिमाली मुलुकलाई सचेत गराएको विज्ञको भनाइ

सम्बन्धित

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट सञ्जय र कविरको सकुशल उद्धार (तस्बिरहरू)

एबीसी न्युजको १९ औं वार्षिकोत्सव : समय बदलियो, माध्यम बदलियो, एबीसीको विश्वास बदलिएन

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

जहाँ विपद्, त्यहाँ स्थानीय सरकार : भोटेकोशी बाढीमा अग्रपङ्क्तिमा जनप्रतिनिधि

रसुवा : कार्यालय बगे, सहकर्मी बेपत्ता भए, तर उद्धारमा जुटिरहे कर्मचारी

‘नगन्य गल्तीको ठुलो सजाय भोगिरहेका छौँ’ : प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu