ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्यान्डद्वारा नेपालका बाढीपीडितलाई ३ करोड २० लाख रुपैयाँ सहयोग


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   २ : ५५   बजे

 

काठमाडौं । थाइल्यान्डले नेपालका बाढीपीडितको सहयोगार्थ ७० लाख थाई भाट अर्थात् करिब ३ करोड २० लाख रुपैयाँ नगदसहित आपत्कालीन राहत सामग्री प्रदान गरेको छ ।

थाइल्यान्डका प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री अनुतिन चानविराकुलले नेपाली राजदूत धनबहादुर ओलीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट राजदूत ओलीले थाइल्यान्ड सरकार र थाइल्यान्डका जनतालाई समयमै प्रदान गरिएको मानवीय सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

उनले थाइल्यान्डको सहयोगले नेपाल र थाइल्यान्डबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, ऐक्यबद्धता र घनिष्ठ सम्बन्धलाई प्रतिबिम्बित गरेको बताए ।

थाइल्यान्ड सरकारले उपलब्ध गराएको नगद सहयोग नेपालको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिनेछ । राहत सामग्री भने यथाशीघ्र नेपाल पठाउने तयारी भइरहेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिनले नेपालको आवश्यकताका आधारमा आगामी दिनमा समेत मानवीय सहयोग निरन्तर जारी राख्ने आश्वासन दिएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा पुनः शव फेला

सम्बन्धित

बाढीले बगाएका पुलमा बेलिब्रिज राख्दै सडक विभाग, वेत्रावती र त्रिशूलीमा अझै चुनौती

सुनको भाउ फेरि उकालोमा, तोलामा २ हजार ५ सय बढ्यो

पृथ्वी राजमार्ग अवरुद्धको बहानामा ग्यासको भाउ बढ्यो, सिलिन्डरमै १०५ रुपैयाँ थप

डलरदेखि युरोसम्म घट्यो विदेशी मुद्राको भाउ, अस्ट्रेलियन डलर भने बढ्यो

भोटेकोसी बाढीपीडित व्यवसायीलाई सरकारको राहत प्याकेज : कर छुटदेखि सस्तो कर्जासम्म

कृष्णभीर भासिएपछि बाइरोडबाट आयो २४ हजार ५ सय सिलिन्डर ग्यास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu