ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको सिजाङबाट नेपाललाई दुईवटा बेलिब्रिजका सामग्री हस्तान्तरण


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ९ : २५   बजे

 

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपालका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रयोग गर्न दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहितको आपत्कालीन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ।

शुक्रबार सिगात्सेस्थित रिझी नाकामा चिनियाँ पक्षले उक्त सामग्री नेपाली पक्षलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएको सामग्रीबाट १००–१०० मिटर लम्बाइका दुईवटा बेलिब्रिज निर्माण गर्न सकिने जनाइएको छ।

यसअघि ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जडान गर्न चीनको सिजाङ स्वायत्त क्षेत्रसँग ३० वटा बेलिब्रिज उपलब्ध गराउन आग्रह गरेको थियो। सोही आग्रहअनुसार चीनले पहिलो चरणमा दुईवटा बेलिब्रिजका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।

ल्हासास्थित सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालय र नेपाली महावाणिज्य दूतावासबीच भएको औपचारिक हस्तान्तरण कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चिनियाँ पक्षका अधिकारीले हस्तान्तरण प्रमाणपत्र आदानप्रदान गरेका थिए।

सहयोगअन्तर्गत बेली प्यानल, रिइन्फोर्स सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई–बीम लगायतका पुल निर्माणका आवश्यक सामग्री छन्। यी सामग्री बाढीबाट क्षतिग्रस्त सडक तथा पुलमा यातायात सम्पर्क पुनःस्थापना गर्न प्रयोग गरिनेछन्।

चीनले भौतिक सामग्रीसँगै बेलिब्रिज जडानका लागि प्राविधिक जनशक्ति उपलब्ध गराउने जनाएको छ। चिनियाँ प्राविधिक टोली छिट्टै नेपाल आउने बताइएको छ।

बाढी तथा पहिरोबाट विभिन्न क्षेत्रमा पुल तथा सडक क्षतिग्रस्त भई यातायात सम्पर्क प्रभावित भइरहेका बेला प्राप्त बेलिब्रिजले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका सामग्री ओसारपसार र सडक सम्पर्क पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विपद्पछि चीनको सिजाङ स्वायत्त क्षेत्रले देखाएको द्रुत तत्परता र सहयोगप्रति नेपाली पक्षले हार्दिक आभार व्यक्त गरेको छ। पछिल्लो सहयोगले नेपाल–चीनबीच विपद्का समयमा देखिएको पारस्परिक सहयोगलाई थप बलियो बनाएको नेपाली पक्षको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालयले फेर्‍यो सीडीओको जिम्मेवारी, झापादेखि म्याग्दीसम्म नयाँ नियुक्ति

भोटेकोसी बाढीपीडितका लागि राष्ट्रसंघले ४ करोड ९६ लाख डलर सहयोग जुटाउने

सम्बन्धित

विपद्को समाचारमा विभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको निर्देशन

‘बाढी आयो रे’ सुनेर स्कुलतिर दौडिए, फर्किएनन् ८ जना

भोटेकोसी बाढी : सुरक्षाकर्मीका परिवारलाई लाखौँ राहत, सन्तानको निःशुल्क शिक्षादेखि ऋण मिनाहासम्म

आकाशमा उड्ने आशा : भोटेकोसीको उद्धारमा क्याप्टेन प्रिया

लेदोमा थिचिएका कबीर, स्ल्याबमा अडिएका सञ्जय : १० दिनपछि दुवै जीवित उद्धार

जलवायु न्यायको माग जायज, तर कूटनीतिमा परिपक्वता अपरिहार्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu