काठमाडौं,७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रातभर खुल्ला हुने भएको छ ।
काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो एयरको विमान गएराति धावनमार्गबाट चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको थियो । दुर्घटना हुनबाट जोगिएको विमानलाई १३ घन्टा लगाएर तान्दै पार्किङस्थलमा ल्याएपछि सबै उडान र अवतरण सुरु भएको थियो ।
विमानस्थलमा गएरातिदेखि रोकिएका अन्तर्राष्ट्रिय उडानहरुको तालिका मिलाउनका लागि शुक्रबार रातभर विमानस्थल खुल्ला राखिने विमानस्थल कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुको आग्रहमा रातभर विमानस्थल सञ्चालन गरेर रोकिएका सबै उडान सक्ने तयारी गरिएको विमानस्थल कार्यालयले जनाएको छ । दिउँसो मात्र उडान सुरु भएका कारण विमानस्थलमा यात्रु तथा विमानको चाप रहेको छ ।
प्रतिक्रिया दिनुहोस्