ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : ३६   बजे

काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनर मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गम्भीर छलफल गरेका छन् । सेप्टेम्बर ५ मा मस्को पुगेका उनीहरू क्रेमलिनमा पुटिनसँग भेटवार्ता गरेपछि आज, सेप्टेम्बर ६ मा युक्रेनको राजधानी किभ जाँदै छन् ।

अमेरिकी दूतहरूको कूटनीतिक भ्रमणलाई ध्यानमा राख्दै रुसले किभमा तीन दिनका लागि हवाई आक्रमण रोक्ने निर्णय गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुष्टि गरेका छन् । उनका अनुसार पुटिनले यस्तो आदेश दिएका हुन् । त्यसको जवाफमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युक्रेनले मस्कोमाथि कुनै हवाई वा ड्रोन हमला नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूतहरूमार्फत ‘युद्ध अन्त्य गर्ने एउटा ठोस प्रस्ताव तथा अवधारणा’ मस्को पठाइएको बताएका छन् । पुटिनका वैदेशिक मामिला सल्लाहकार युरी उसाकोभले पनि अमेरिकी टोली गम्भीर तयारीका साथ मस्को आएको र शान्ति प्रक्रियाका लागि केही नयाँ विचार प्रस्तुत गरेको बताएका छन् ।

राष्ट्रपति ट्रम्प पुनः सत्तामा आएयता विट्कफ र कुशनरको यो पहिलो युक्रेन भ्रमण हुनेछ । उनीहरूले आज राष्ट्रपति जेलेन्स्कीसँग भेट गरी मस्कोमा पुटिनसँग भएका छलफल तथा प्रस्तावका विषयमा जानकारी गराउने अपेक्षा गरिएको छ ।

वार्ता प्रक्रिया अघि बढाउने प्रयास भए पनि भूभागको स्वामित्व र युक्रेनको भविष्यको सुरक्षा ग्यारेन्टीजस्ता मुख्य विषयमा रुस र युक्रेनबीच अझै गहिरो मतभेद कायम छ । विशेषगरी डोनबास र क्रिमियाको अवस्थाका साथै युक्रेनको सम्भावित नेटो सदस्यतालाई लिएर दुवै पक्षको धारणा फरक छ । युक्रेनले आफ्नो भूभाग त्यागेर वा राष्ट्रिय सम्प्रभुतामा सम्झौता गरेर शान्ति कायम गर्न नसकिने धारणा दोहोर्याउँदै आएको छ ।

अमेरिकी दूतहरूको मस्को भ्रमणले लामो समयदेखि रोकिएको रुस–युक्रेन संवादलाई पुनः सक्रिय बनाउने संकेत दिएको बताइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

भोटेकोसी बाढीको १२औँ दिन : रसुवाका चार जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

सम्बन्धित

नेपाल–तिब्बत सीमाक्षेत्रको बाढीमा २७५ भारतीय अझै बेपत्ता

होर्मुजमा अमेरिका–इरान तनाव चर्कियो, तेल ट्यांकरलाई निशाना

रुस–युक्रेन युद्ध रोक्न ट्रम्पको पहल तीव्र, पुटिनसँग मस्कोमा तीन घण्टा वार्ता

‘मैले कतारमाथि आक्रमण गरेँ, बमबारी पनि गरेँ’ : नेतान्याहू

ग्रीसमा ‘एयर शो’का क्रममा ‘फान्टोम एफ–४’ दुर्घटना, दुवै पाइलटको मृत्यु

अमेरिकी सेनाद्वारा तीन इरानी तेल ट्यांकरमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu