बर्दिया, ९ वैशाख । वडा कार्यालयको मोटर साईकल चोरी बर्दियाको राजापुर नगरपालिका ६ नम्बर वडा कार्यालयको मोटर साईकल चोरी भएको छ ।
वडा अध्यक्ष महेश कुमार चौधरीको घरमा राखेको भे १ ब ९८८ नम्बरको मोटरसाईकल गएराती चोरी भएको हो ।
नेपालगञ्जको कार्यक्रम सकेर राती नौ वजे घर फर्कीएका चौधरीले बिहान उठेर बाहिर आउदा राखेको स्थानमा मोटरसाईकल नपाएपछी ईलाका प्रहरी कार्यालय राजापुरका जानकारी गराएको बताए । चोरी भएको मोटरसाईकलको खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस्