चितवन, ९ वैशाख ।
चितवनमा एक ट्राफिक प्रहरीले महिलामाथी एसिड प्रहार गरेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत प्रहरी नायव निरिक्षक रामचन्द्र खनियाले आज भरतपुरमा एक महिलामाथी एसिड प्रहार गरेका हुन् । भरतपुर महानगरपालिको त्रिचोक नजिकै खनियाँले सोही स्थान नजिक डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथी एसिड प्रहार गरेका थिए । घटना लगत्तै खनियाँलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । एसिड लगेर प्रहार गर्नुले घटना सुनियोनित भएको प्रहरीले आशंका गरेको छ । एसिड प्रहारबाट घाइते भएकी श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार , घाटी र खुट्टामा एसिडले जलेको छ । घटनामा संलग्न खनियाँलाई भोली सोमबार ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता गरी कारबाही अगाडी बढाउने र भोली नै उनलाई निलम्बन गरिने प्रहरी उपरिक्षक थापाले बताए । खनियाँँ र श्रेष्ठबिच चिनजान रहेको तर घटना घट्नुको एकिन कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्