ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेल्सी एफ ए कपको फाइनलमा


एबीसी न्यूज
१० बैशाख २०७५, सोमबार   ७ : ४२   बजे

वैशाख १० – एफ ए कप फुटबलको उपाधिका लागि चेल्सी र म्यान्चेष्टर युनाइटेड खेल्ने भएका छन् । अाइतबार रातिको खेलमा साउथह्याम्प्टनलाई दुई शुन्यले हराउँदै चेल्सीले एफ ए कपको फाइनलमा म्यान्चेष्टर युनाइटेडसँगको भेट पक्का गरेको हो ।

चेल्सीलाई जिताउन जिराउड र मोराटाले गोल गरे । ४६ मिनेटसम्म दुवै टिमले गोल गर्न नसकेको खेलमा इडेन हाजार्डको पासमा जिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मोराटाले ८२ औँ मिनेटमा मोराटाले गोल गर्दै अग्रता दोब्बर पारे । फाइनल आउँदो शनिबार वेम्ब्ली रंगशालामा हुनेछ ।

रमाइलो पक्ष

सन् २००७ मा मोरिन्होले चेल्सीलाई एफ ए कपको फाइनलमा जिताएका थिए । त्यतिबेला फाइनल प्रतिस्पर्धी म्यान्चेष्टर युनाइटेड थियो । ८ वर्षपछि मोरिन्हो फेरि फाइनल जिताउने लक्ष्यसहित टिम म्यान्चेष्टर युनाइटेडलाई मैदान उतार्दैछन् र यसपटक प्रतिस्पर्धी छ चेल्सी ।

मोरिन्हो र कोण्टे को अब्बल

एफ ए कपको फाइनल खेल दुवै टिमका प्रशिक्षकका लागि को उत्कृष्ट भन्ने सिद्ध गर्ने चुनौतीका रुपमा पनि रहनेछ । चेल्सीका प्रशिक्षक एण्टेनियो कोण्टे र म्यान्चेष्टर युनाइटेका प्रशिक्षक जोसे मोरिन्हो दुवैले एक अर्कालाई होच्याउने र खिसीट्युरी गर्ने गरिरहेका छन् ।

केही समय अघि कोण्टेले मोरिन्होलाई हेपेको शैलीमा ‘सानो मान्छे’ भनेका थिए । त्यसअघि मोरिन्होले आफू खेल मिलेमतोमा कहिल्यै पनि कारबाहीमा नपरेको र नपर्ने पनि भनेर कोण्टेलाई ब्यंग्य गरेका थिए । कोण्टेले सन् २०१२–१३ को सिजनमा खेल मिलेमतोको अभियोगमा चार महिनाको प्रतिबन्ध खेपेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu