नेपालगन्ज, १० वैशाख । प्रहरीले नेपालगञ्जको न्यूरोडबाट अबैध सुनचाँदी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गतको ब्यूरोले २४ किलो ७०६.५ ग्राम चाँदी र ४२३.५ ग्राम सुन नेपालगन्जको सोनु राई ज्वैलर्सबाट नियन्त्रणमा लिएको हो । सुनचाँदी अबैध रूपमा भारतबाट भित्र्याएको प्रहरीले जनाएको छ । सुनचाँदी सँगै १२ थान हात्तिको पुछर भएको बाला समेत नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्