सुर्खेत, १० वैशाख। भेरीगंगा नगरपालिका–२ मा माइक्रोबस र बस एकआपसमा ठोक्किँदा आज आठ जना घाइते भएका छन् ।
नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे १ ख ६५५७ नं को माइक्रोबस र विपरीत दिशातर्फ गइरहेको भे १ ख २२६७ नं बस एक आपसमा ठोक्किँदा माइक्रोबसमा सवार पाँच र बसमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्