ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिथिला क्षेत्रमा जानकी नवमी उत्सव मनाइँदै


एबीसी न्यूज
११ बैशाख २०७५, मंगलबार   ११ : ४०   बजे

 

बर्दिवास, ११ वैशाख ।  महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी उत्सव मनाइँदै छ ।
वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी(सियोबाट उत्पति भएकाले सीता नामकरण) उत्पति भएको विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्वका रुपमा मनाइन्छ ।

पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा आज बिहानैदेखि जानकी जन्म उत्सव मनाइँदै छ । नेपाल र भारतका साधु, सन्त र सर्वसाधारण मठको जानकी महोत्सवमा सहभागी छन् ।

लक्ष्मीनारायण मठ मुलुकभरकै मठमध्येको मुख्य मठ र यहाँका महन्थ ‘मानमहन्थ’ भनिन्छन् । मिथिला, जानकी, जनकनन्दिनी, किशोरीजीसहितका नामले पुकारिने विदेहराज जनक (शिरध्वज) की पुत्री सीता राजा जनकले हलो जोत्दा तत्कालीन मिथिला क्षेत्रको पुनौरा (हाल भारतको सीतामढी जिल्ला) भन्ने ठाउँमा आजकै दिन हलोको टुँडोले उप्काएको माटाबाट उत्पति भएको विश्वास गरिन्छ । आफ्नो विद्वता, सहनशीलता र स्वधर्म निर्वाहले आदर्श नारी सीता मुलुककै गौरव भएकीले मिथिलामा मात्र नभई मुलुकभर नै यो पर्व मनाइनुपर्ने मठका उत्तराधिकारी रवीन्द्रदास वैष्णव बताउनुहुन्छ ।

मिथिला (विदेह) मा अनिकाल पर्दा राजा जनकले हलो जोते पानी पर्छ भन्ने विद्वत मत आएपछि जनकले आफ्नो राज्यभर हलो जोत्न शुरु गर्दा पुनौरामा सीता उत्पति भएकी मानिन्छ । जानकीले माइती मात्र नभएर आफ्नो घर (भारतको तत्कालीन अवध, जसको राजधानी अयोध्या मानिन्छ) को गौरवसमेत बढाएर आदर्श नारी बनेकी थिइन् ।

जानकी नवमी पर्वमा धार्मिक प्रवचन, रामायण वाचन, सीता जन्मसम्बन्धी लघुनाटक प्रदर्शन र रात्रिकीर्तनका कार्यक्रम मिथिला क्षेत्रका मन्दिर, मठ र धार्मिकस्थलमा आयोजन गरिएका छन् । प्रदेश सरकारले जानकी नवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि पर्व सबैको सहभागितामा उल्लासमय वातावरणमा मनाउन सहज भएको यस क्षेत्रका सर्वसाधारण बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group