बनेपा, ११ वैशाख। बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ राय गाउँका अन्दाजी ४०\४५ वर्षीय धनबहादुर मिजारको पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको हो । शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्