काठमाडौँ, ११ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि नै नेपाल आउने भएका छन् । यही बैशाख २८ गते नै नेपाल आउने भएका छन् ।
नेपाल तयारीविपरित भारतले नयाँ मिति तय गरेको छ । नयाँ मितिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरिसकेका छन् । मोदीको नेपाल भ्रमणपछि मात्रै ओली चीन जाने भएका छन् । मोदी भने नेपालको भ्रमणअघि चीन जानेछन् ।
यद्यपी भोदीको नेपाल भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ । दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्