धादिङ,११ बैशाख । थार्के गाउँपालिका–६ रानीवारी बस्ने ७० बर्षीय धर्म बहादुर कार्कीलाई प्रहरीले लागूऔषध गाँजा साढे ३ के.जी. सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खानीखोलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले कार्कीलाई मंगलबार धुनिवेशी नगरपालिका–६ धार्के बजारबाट उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्