काठमाडौं, ११ वैशाख । दक्षिण सुडानमा खटिएका नेपाली शान्तिसेनाले बालिका बलात्कार गरेको आरोप लागेको छ । सोमबार संयुक्त राष्ट्रसंघका एक प्रवक्ताले सो कुराको जानकारी गराएका हुन् ।
दक्षिण सुडानमा दुई किशोरीलाई नेपाली शान्ति सेनाले बलात्कार गरेको आरोप अप्रिल १३ मा प्राप्त गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफेन दुजारिकले बताएका छन् ।
कति जना नेपाली सो काण्डमा संलग्न भएका हुन्, स्पष्ट नभएको एएफपीले जनाएको छ । संयुक्त राष्ट्रसंघको आग्रहपछि आन्तरिक छानबीनका लागि एक टोली पठाउन नेपाल सहमत भएको पनि एएफपीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्