काठमाडौं,११ वैशाख । पशुपति क्षेत्रको सवारी साधन निषेधित क्षेत्रमा आफ्नो गाडी प्रवेश गरेकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले माफी मागेका छन् ।
मंगलबार विज्ञप्ति जारी गरी उनको सचिवालयले पशुपति क्षेत्र विकास कोषले तोकेको सवारी निषेधित क्षेत्रमा गाडी प्रवेश गर्नु कमजोरी भन्दै माफी मागेको हो ।
२०७४ चैत २० गते पशुपति क्षेत्रलाई सहयोगापेक्षी (मगन्ते) रहित क्षेत्र घोषणा गर्न जाँदा मन्त्री अधिकारीको गाडी सवारी निषेधित क्षेत्रमा राखिएको थियो । तर मन्त्री अधिकारीको सचिवालयले पानी परेका कारण सवारी साधन निषेधित क्षेत्रमा गएको बुझिएको बताएको छ ।
मन्त्रीका प्रेस संयोजक ध्रुव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘कार्यक्रमस्थलमा पानी परिरहेको थियो सोही क्रममा सवारी साधन उक्त स्थानमा प्रवेश गरेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्