नुवाकोट, ११ वैशाख। तीन वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पुगेको जिल्ला अस्पताल त्रिशूलीको आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी आर्यालले शिलान्यास गर्नुभयो ।
नुवाकोट, रसुवा, धादिङलगायतमा सेवा पु¥याउँदै आएको उक्त अस्पतालको नयाँ भवन निर्माणले नागरिकको स्वास्थ्य गुणस्तर बनाउने राज्यको लक्ष्य पूरा गर्न सक्षम हुने विश्वास लिएको राज्यमन्त्री अर्यालले बताउनुभयो ।
“भूकम्पले क्षति पुगेका संरचना निर्माण गर्ने सरकारको लक्ष्य अन्तिम चरणा पुगेको छ”, उहाँले भन्नुभयो “अब बनाइने भवन भूकम्पलगायतका विपद् प्रतिरोधी बनाएर सुरक्षित स्वास्थ्य संस्था निर्माण गर्न लागेका छौँ ।”
सरकारले प्रत्येक स्थानीय तहमा एक÷एकवटा अस्पताल निर्माण गर्ने योजनासमेत रहेको राज्यमन्त्री अर्यालले भन्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले जिल्ला अस्पताल निर्माणका लागि जग्गाको अभाव भएकाले त्यसको व्यवस्थापनमा आफू सक्रिय रहेको बताउनुभयो ।
भूकम्पले क्षति पुगेको अस्पतालको पुनःनिर्माणका लागि कोरियन सहयोग नियोग (कोइका)मार्फत रु २० करोड लगानीमा निर्माण शुरु गरेको नेपालका लागि कोरियाका राजदूत पार्क योङसीकले जानकारी दिनुभयो ।
पचास श्ययाको जिल्ला अस्पताल विसं २०७६ फागुनसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । तीन तलाको अस्पतालमा १११ कोठा रहने र विपद् प्रतिरोधात्मक हुने स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालको संरचना भूकम्पले क्षतिग्रत भएपछि जर्मन सहयोग नियोग (जिआइजेड)ले निर्माण गरेको १५ श्यया क्षमताको प्रिफ्याक भवनमार्फत सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्