ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको शुरक्षार्थ खट्टिने प्रहरीको बास जोखिमपूर्ण घरमा


एबीसी न्यूज
१२ बैशाख २०७५, बुधबार   ७ : २९   बजे

अछाम, १२ वैशाख। जिल्ला प्रहरी कार्यालय, अछाम मातहतका विभिन्न प्रहरी यूनिट जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता छ ।

आफ्नै भवन नहुँदा जिल्लाका विभिन्न १९ वटा प्रहरी यूनिट भाडाका जोखिमपूर्ण घरमा असुरक्षित रुपमा बस्नुपर्ने बाध्यता भएको हो ।

जिल्ला प्रहरी कार्यालयलगायत नौवटा प्रहरी यूनिट मात्रै आफ्नै भवनमा बसेका छन् भने बाँकी प्रहरी यूनिट असुरक्षित र जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । सबैलाई सुरक्षा दिने प्रहरीले नै जोखिमपूर्ण र असुरक्षित घरमा बस्नुपर्दा निकै समस्या भएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।

लामो समयदेखि अरुको घरमा भाडा तिरेर बसेका प्रहरी यूनिटलाई पछिल्लो समय स्थानीय तहका कारण थप समस्या भएको छ । स्थानीय तहका कारण भाडा बढाउने र घर छोड्नका लागि ताकेता गर्ने समस्याका कारण भाडाका घर नै नपाउने जस्ता समस्या पनी बढेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

“भाडाका १९ वटा प्रहरी यूनिटमध्ये पाँचवटा यूनिट त अति जीर्ण भवनमा बसाल्नु परेको छ,” प्रहरी नायब उपरीक्षक न्यौपानेले भन्नुभयो, “प्रहरी आफैँ असुरक्षित हुँदा जनतालाई सुरक्षा दिन थप समस्या भएको छ ।” कालेकाँडा, शान्तडा, मेल्लेख, ढकारी र सिउडी प्रहरी चौकी अतिनै जोखिमपूर्ण घरमा बसेर सेवा दिइरहेको जिल्ला प्रहरी कार्यालय अछामको भनाइ छ ।

माथिल्लो निकायबाट सीमित मात्रामा बजेट आउने र उक्त मातहतका प्रहरी यूनिट सञ्चालन गर्न निकै समस्या हुने गरेको बताइएको छ । यस्तै, बेल्खेत, गैरीटाँड र तुर्माखाँदमा रहेका तीनवटा अस्थायी प्रहरी पोष्टका लागि आवश्यक व्यवस्थापनको काम कार्य स्थानीय तहसँग समन्वय गरेर भइरहेको छ ।

भौगोलिक हिसाबले निकै ठूलो र छरिएका बस्ती भएको अछाम जिल्लामा प्रहरीलाई शान्ति सुरक्षालगायतका सेवा दिन थुप्रै समस्या रहेको जनाइएको छ । जिल्लाभरिमा रहेका २८ वटा प्रहरी यूनिटमा ४०० जना प्रहरी कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group