वैशाख १२ – एसियन भलिबल संघ एभिसिले आयोजना गरेको सेन्ट्रल जोन प्रतियोगिताको सेमिफाइनलमा बुधबार नेपालले तुर्कमेनिससँग खेल्दैछ । बेलुकी ५ बजेपछि बंगलादेशको मिरपुरमा हुने खेलमा नेपाल बलियो मानिएको टिम तुर्कमेनिस्तानसँग खेल्न लागेको हो ।
यसअघि भएका दुबै खेलमा नेपाल तुर्कमिनिस्तानसँग पराजित भएको थियो । मंगलबार मिरपुरमा भएको पत्रकार सम्मेलनमा कप्तान इम रानामगरले तुर्कमेनिस्तानविरुद्ध पहिलो संस्करणमा नेपालले लज्जास्पद बेहोरे पनि गएको वर्ष उनीहरुलाई कडा टक्कर दिएकोले यसपटक उनीहरुलाई हराउने लक्ष्य रहेको बताएका छन् ।
नेपालले रिसिभमा सुधार ल्याएमा अघिल्ला पराजयको बदला लिन सकिने कप्तान रानाको भनाई थियो । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई हराएर सेमिफाइनलमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्