ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा सडक मिचेर बनाइएका घर भत्काउन शुरु


admin
१२ बैशाख २०७५, बुधबार   ६ : ०९   बजे

बुटवल, १२ वैशाख । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घर संरचना आजदेखि पुनः भत्काउन थालिएको छ ।

सडक विस्तारको जिम्मा पाएको बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाले आजदेखि पुनः सडकको ८२ फुटभित्रका घर भत्काउन थालेको हो । आयोजनाले मिलनचोकदेखि ट्राफिक चोकसम्मका ठाउँठाउँका करिब ७० घर डोजर लगाएर भत्काएको छ ।

यसअघि वैशाख ४ गते आयोजनाले सडक किनारका घर भत्काउन शुरु गरेको थियो । त्यतिबेला स्थानीयवासीले एक साताभित्र आफैँ घर भत्काउने प्रतिबद्धता जनाएपछि आयोजनाका कर्मचारी दुई÷तीनवटा घर सामान्य रुपमा भत्काएर फर्केका थिए । एक सातासम्म बाँकी घर भत्काउन घरघनीले शुरु नगरेपछि आज पुनः आयोजनाका कर्मचारी डोजर र सुरक्षकर्मीसहित सडक किनारका घर भत्काउन आएका हुन् ।

बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर क्षेत्रमा सडक मिचेर बनाइएका ३११ घर हटाउन आयोजनाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर लगाइएको सडक आयोजनाका इन्जिनियर गोविन्दकुमार श्रेष्ठले बताउनुभयो ।

बुटवल राजमार्ग चौराहादेखि बेलहियासम्मको सडक निर्माणाधीन अवस्थामा रहेकाले सोहीअनुसार बुटवल चौराहादेखि चिडियाखोलासम्मको मुख्य बजार क्षेत्रको सडक छ लेन बनाउन आयोजनाले काम थालेको हो ।

यो क्षेत्रमा ३११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । तीन वर्षअघिदेखि आग्रह गर्दै आएकामा अहिलेसम्म जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् ।

सडक आयोजनाका अनुसार ८२ फुट कायम हुने राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक हाल ७५ फुट रहेकामा अब ८२ फुट कायम हुनेछ ।

सडक विस्तार आयोजनामा ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दुवैतर्फ साढे १० मिटर चौडाइ भएको मुख्य लेन र त्यसभन्दा बाहिर छ÷छ मिटरको सर्भिस लेन हुनेछ ।

सडक विस्तार रु ४३ करोड २३ लाखमा द कन्चनजंगा विरुवा जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको आयोजनाका इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले सडक विस्तारको काम ३० महिनामा सक्ने सम्झौता भएपनि घरधनीहरुको अवरोध, अदालतमा मुद्दा टुंगो नलाग्नु जस्ता कारणले करिब एक वर्ष ढिलो काम शुरु भएकाले समयभन्दा केही पछि जानसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group