ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीको प्रतिव्यक्ति वार्षिक आय ‘१ हजार ४ डलर’


admin
१२ बैशाख २०७५, बुधबार   ७ : २५   बजे

काठमाडौ, १२ वैशाख । केन्द्रिय तथ्यांक विभागको प्रतिवेदन अनुसार नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको छ ।

अर्थात एक नेपालीको वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।

प्रतिवेदनमा जिडीपीमा रेमिट्यान्सको हिस्सा घट्दै गएको देखिएको छ । गत वर्ष रेमिट्यान्सको जिडिपिमा योगदान २६.३२ प्रतिशत रहेकोमा यसपटक घटेर २४.५२ प्रतिशतमा झरेको छ ।

विभागले कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सेवा क्षेत्रको सबै भन्दा बढी योगदान रहने प्रक्षेपण छ ।

आर्थिक वर्ष २०७४/७५ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै तथ्यांक विभागले यस वर्ष सेवा क्षेत्रको मात्र ५७.६१ प्रतिशतले योगदान हुने अनुमान गरेको छ ।

सेवा क्षेत्र अन्र्तगत खुद्रा वयापार, होटल तथा रेष्टुरेनट, यातायात सञ्चार तथा भण्डारण, वित्तिय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य लगायत सेवा पर्दछ ।

जीडीपीमा निर्माण क्षेत्रको योगदान ७.६० प्रतिशत, थोक तथा खुद्रा व्यापारको १३.२६ प्रतिशत, कृषि तथा वनको २७.१० प्रतिशत र विद्युतको १.१९ प्रतिशत योगदान रहने अनुमान छ ।

यस्तै प्राथमिक क्षेत्रको २८.२१ प्रतिशत योगदान रहने अनुमान पनि विभागको छ ।

यस्तै विभागले चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर ५.८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान समेत गरेको छ । केही दिन अघि नेपालको आर्थिक बृद्धिदर एसियाली विकास बैंकले ४.९ प्रतिशत र विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

यी दुबैको अनुमान भन्दा माथि रहेर विभागले आर्थिक बृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।

राष्ट्रिय योजना आयोगले केही महिना अघि नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ डलर मात्र रहेको भन्दै अल्पविकसित देशबाट स्तरोन्नती हुन चाहेको थिएन । तर, त्यसको केही महिनामै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले भने प्रतिव्यक्ति बढेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको बाढीले फुर्केखोलाको पुल बगायो, धादिङबेशी आउजाउ प्रभावित

रसुवाको भोटेकोसीमा फेरि ठूलो बाढी, व्यापक क्षति

सम्बन्धित

म्याग्दीमा गहना चोरी गर्ने बारा–पर्साका पाँचजना पक्राउ, यसअघि पनि चोरीमा संलग्न

🚨 रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक अन्योलमा, प्रधानमन्त्रीको जवाफ दिने कार्यसूची प्रभावित हुनसक्ने

धितोपत्र तथा बीमा ऐनविपरीत कारोबार गरेको आरोपमा चार जना पक्राउ

रसुवाको बाढीले ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक अनुमान (भिडियो)

वन तथा कृषि उद्यममा निजी क्षेत्र, सरकार र वित्तीय संस्थाबीच सहकार्य आवश्यक

मनसुनको ६० दिनमा औसतभन्दा १० प्रतिशत कम वर्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu