ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्छ : अध्यक्ष दाहाल


एबीसी न्यूज
१३ बैशाख २०७५, बिहिबार   ६ : १२   बजे

चितवन, १३ वैशाख ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताउनुभएको छ ।

पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २१ पर्वतीपुरमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको सरकारले ज्येष्ठ नागरिकको समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो । “घोषणापत्रमा भत्ता रु पाँच हजार पु¥याउने भनिएको छ, योसँगै ज्येष्ठ नागरिकको राज्यले उचित संरक्षण गर्छ”, दाहालले भन्नुभयो ।

चितवनबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्वप्रधानमन्त्री दाहालले चितवनको विकासका सन्दर्भमा अन्य जिल्लाका लागिसमेत नमूना हुने गरी जिल्लाको विकास गर्ने योजना रहेको बताउनुभयो ।

अहिले नै विभिन्न १५ वटा भित्री सडकमा कालोपत्रका लागि बजेट आइसकेको भन्दै अध्यक्ष दाहालले अब विकासले गति लिने उल्लेख गर्नुभयो । स्थानीय कृष्ण चोकमा प्रहरी चौकी स्थापनाका लागिसमेत पहल शुरु भएको उहाँको भनाइ थियो ।

सो क्रममा वृद्धवृद्धाले वृद्धाश्रम निर्माण गर्न अध्यक्ष दाहालसँग माग गरेका थिए । दाहालले आश्रम बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा यहाँका विभिन्न क्षेत्रका वृद्धवृद्धालाई सम्मान गरिएको थियो । स्वास्थ्य शिविर भने आगामी १५ गतेसम्म सञ्चालन हुने स्थानीय नारायण आचार्यले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाका विपद् प्रभावितलाई राहतमा कमी हुन दिँदैनौँ : मुख्यमन्त्री आचार्य

देश निर्माणका लागि ‘श्रम संस्कृति’ मात्रै राजनीतिक शक्ति हो : महासचिव राई

सम्बन्धित

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न पाउने, दुई वर्ष ‘कुलिङ अफ’ अवधि प्रस्ताव

ठूला तीन जलविद्युत् आयोजनामा बैंकको करिब १ खर्ब लगानी, ९८ अर्ब ३४ करोड ऋण जुट्यो

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu