रौतहट, १३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पत्ति भएको बताउनुभएको छ ।
पार्टी एकता आजको कुरा होइन प्रचण्डले भन्नुभयो ‘कम्युनिष्टहरुबीच एकता गर्ने विषयमा २०५० साल जेठ ६\७ गते मदन भण्डारीसँग छलफल गर्ने कुरा भएको थियो तर, केही दिनपछि नै उहाँको हत्या भयो ।’‘हामीलाई चिन्ता छ’, ‘सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने ।’
प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको भन्दै विलम्ब गर्न नहुने समेत बताउनुभयो ।
शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रूप दिने अध्यक्ष प्रचण्डको भनाइ छ ।
एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको भन्दै उनले एकताको प्रक्रियामा उत्रिन कार्यकर्ताहरुलाई आह्वान समेत गर्नुभयो । देशको समृद्धि नै अहिलेको मुख्य कार्यभार भएकाले यसलाई पूरा गर्नु सबैको कर्तव्य भएको उहाको भनाइ थियो । रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले सिंगो देशले एकता चाहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्