काठमाडौं, १३ वैशाख। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीको आर्दशको मूल्यांकन हुनुपर्ने बताउनुभयो । उहाँले मनमोहन अधिकारीको आदर्श अनुसार नै पार्टी अगाडि बढ्नेमा जीकिर गर्नुभयो । एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवसमा सानेपामा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
उहाँले पुष्पलाल, मनमोहन र मदन भण्डारीको पथलाई नअंगालिकन कम्युनिष्ट बन्नै नसकिने धारणा राख्नुभयो । मनमोहन अधिकारीको चाहना सबल एकीकृत पार्टी बनाउनु भएकाले एमाले त्यही पथमा जुटेको पनि प्रधानमन्त्री ओलीले दाबी गर्र्नुभयो ।
उहाँले माओवादी केन्द्रसँग पार्टी एकता नहुने हो कि भन्ने आशंका नगर्न पनि आग्रह गर्नु भयो । ढिलो चाँडो पार्टी एकता हुने प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । उहाँले दुई पार्टी मिलेर राष्ट्रिय हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्