काठमाडौं, १३ वैशाख । अनेरास्ववियुकी अध्यक्ष तथा सांसद तथा नविना लामा विवाह बन्धनमा बाँधिएकी छन् । अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको १४ वार्षको प्रेम सम्बन्धपछि लामाको बिहिबार विवाह भएको हो ।
काभ्रे मदनकु्रँडारीकी लामा तथा काभ्रे पाँचखालका प्रविणवीच गत फागुनमै विवाहको तयारी भएको थियो । तर, नवीनाका हजुवाको निधनपछि विवाह बैशाखमा सारिएको थियो । विवाहमा प्रधानमन्त्री केपी ओलीदेखि विद्यार्र्थी नेतासम्म जन्ती गएका छन् ।
प्रतिक्रिया दिनुहोस्