बझाङ, १४ वैशाख । बझाङको उत्तरी भेगमा पर्ने सुर्मा गाँउपालिकाले आफ्नो गाँउपालिका क्षेत्रभित्रमा यार्सा टिप्न रोक लगाएको छ । यार्सागुम्बा सकिदै गएपछि गाउँपालिकाले सो निर्णय गरेको हो ।
सुर्मा क्षेत्र भित्रका बिरु, सुनिपाटन, तपोवन, सुर्मा सरोवर ताल क्षेत्रमा यार्सागुम्वा टिप्न रोक लगाएको सुर्मा गाँउपालीकाका अध्यक्ष्य नरबहादुर बोहराले बताए ।
यार्सा गुम्वा ब्यावस्थापन र गाँउपालीको निर्णय अनुसार १ महिनाको यार्सा सँकलनमा रोक लगाएको यार्सा ब्यावस्थापन समितीका सुर्य बहादुर बोहराले बताए ।
यार्सा बर्षेनि पहिलेको तुलनामा कमी देखिएको जिल्ला बन कार्यालयको तथ्याङकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्