काठमाडौ, १४ वैशाख । काठमाडौं बाग्मती किनारको सुकुम्बासी बस्तीमा बस्ने दिलीप यादवले आफ्ना दुई छोराहरुको हत्या गरेका छन् ।
उनले झड्केलो छोराहरु ८ वर्षका सुजल र ६ वर्षका सुजनको हत्या गरेका हुन् । दुई छोराको हत्या गरी शव कोठामै लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
प्रहरीका अनुसार सुजन र सुजललाई लिएर उनकी आमा दिलिपसँग बस्दै आएका थिए । तर, करिव एक महिनादेखि उनी वेपत्ता भएपछि दिलिपले दुबै छोराको हत्या गरेका हुन् ।
सोमबार बालकका हजुरआमाले नातीहरु हराएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानको क्रममा दुबै बालकको शव घरमै भेटेको हो।
प्रतिक्रिया दिनुहोस्