ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलकातामाथि दिल्लीको प्रभावशाली जित


एबीसी न्यूज
१५ बैशाख २०७५, शनिबार   ८ : २६   बजे

इन्डियन प्रिमियर लिग(आईपीएल) मा कमजोर प्रदर्शन गरिरहेको दिल्ली डेयरडेभिल्सले कप्तान परिवर्तन गरेपछिको पहिलो खेलमा कोलकातामाथि शानदार जित निकालेको छ। शुक्रबार रातिको खेलमा कोलकत्ता नाइट राइडरसलाई ५५ रनले हराउँदै दिल्ली यस सिजनमा ७ खेलबाट दोस्रो जित हासिल गरेको हो।

२ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो।

कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे। शुभम गिलले ३७, सुनिल नारिनले २६, दीनेश कार्तिक १८ रन र मिचेल जोन्सनले अविजित १२ रन जोडेपनि लक्ष्यमा पुग्न सकेन।

कोलकातालाई सस्तैमा रोक्न दिल्लीका ट्रेन्ट बोल्ट, म्याक्स वेल, अभेष खान र अमित मिश्राले समान २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो।

दिल्लीका नयाँ कप्तान श्रेयस अयर ४० बलमा  ९३ रन बनाए । १० छक्का र ३ चौका प्रहार गरेका अयरले अन्तिम ओरभमा मात्रै ४ छक्का र १ चौकासहित २९ रन जोडेका थिए । कप्तान अयरको अलवा दिल्लीका लागि पृथ्वी शाहले ६२, कोलिन मन्रोले ३३ र ग्लेन म्याक्सवेलले २७ रनको योगदान दिए।  २१९ स्कोर आईपीएलको यस सिजनको सबैभन्दा उच्च स्कोर हो ।

कोलकत्ता का लागि आन्द्रे रसेल, पियुस चावला र शिभम मावीले १–१ विकेट लिए ।

अघिल्ला ६ मध्ये ५ खेल गुमाएको दिल्ली अंक तालिकामा सातौ स्थानमा उक्लिएको छ।

यसअघि दिल्लीले मुम्बई इण्डियन्सविरुद्ध जित निकालेको थियो । लगातार हार व्यहोरेपछि कप्तान गौतम गाम्भीरले पद त्यागेका थिए। श्रेयस अय्यरले कप्तानी पाउनु र पहिलो खेलमै जित निकाल्नु दिल्लीका लागि वरदान सावित भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group