ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा रोजगारीका लागि एसओएसले सरकारलाई सघाउने


एबीसी न्यूज
१५ बैशाख २०७५, शनिबार   ३ : १०   बजे

 

काठमाडौँ, १५ वैशाख ।  युवा रोजगारीका लागि एसओएस बालग्रामले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालका बालग्राममा हुर्केका विद्यार्थीका लागि रोजगारीको विषय चुनौतीपूर्ण रहेको भए पनि सरकारले नयाँ योजनासहित स्वदेशमै युवा रोजगारीको कार्यक्रम अघि सारेमा बालग्रामले त्यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

भूकम्पपीडितका लागि एसओएस बालग्रामले बनाइदिएको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १२ भीमटारस्थित १७७ वटा नयाँ घर र दोलखाको लाँकुरीडाँडामा निर्मित १०७ वटा घर हस्तान्तरण कार्यक्रममा भाग लिन अध्यक्ष सिद्धार्थ कौलसहितको टोली नेपाल भ्रमणमा आउनुभएको हो ।

अध्यक्ष कौलले प्रधानमन्त्री केपी शर्मा ओली र अन्य उच्च सरकारी अधिकारीसँग भेटवार्ता गरी सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

अभिभावक गुमाएका बालबालिकालाई परिवारमा आधारित संरक्षण गर्दै आएको तथा परिवार गुमाउनसक्ने जोखिममा रहेका बालबालिकाका अभिभावकका लागि परिवार सुदृढीकरण कार्यक्रममार्फत सहयोग गर्दै आएको बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीलाई एसओएस बालग्राम अन्तर्राष्ट्रियको सांगठनिक संरचना, संस्थाले संसारका १३५ मुलुकका बालबालिकाको उचित रेखदेख, स्याहार, शिक्षादीक्षा र संरक्षणका लागि गर्दै आएको कामबारे जानकारी गराएको एसओएस बालग्रामले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक विद्यालयको स्तर उकास्न र गुणस्तरीय विद्यार्थी उत्पादनका लागि सरकारले चालू शैक्षिकसत्रदेखि मुलुकभर नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेकाले यसलाई सफल पार्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पनि दायित्व रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालमा एसओएस बालग्रामले गर्दै आएका कामको प्रशंसा गर्दै यसलाई भविष्यमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

गोरखा भूकम्पलगत्तै नेपालका लागि एसओएस बालग्राम अन्तर्राष्ट्रियबाट रु एक अर्ब ४० करोड अर्थात् १४ मिलियन डलर बराबरको सहयोग नेपाललाई उपलब्ध गराइएको थियो ।

एसओएस बालग्रामले भूकम्पपीडितका लागि २८४ वटा नयाँघर बनाउनेदेखि भत्किएका थुप्रै सामुदायिक विद्यालय बनाउनाका साथै जीर्णाेद्धार कार्यसमेत गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएको थियो ।

एसओएस बालग्राम नेपालका राष्ट्रिय अध्यक्ष डा ज्योतिरत्न धाख्वा, राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले नेपालमा बालग्राममार्फत भएका गतिविधिबारे प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu