ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यक्रम शिक्षाको, अख्तियारी गृहको !


एबीसी न्यूज
१५ बैशाख २०७५, शनिबार   ३ : ५५   बजे
काठमाडौँ, १५ वैशाख । चालु आर्थिक वर्षका शिक्षा सम्बन्धी जिल्लागत कार्यक्रमको अख्तियारी प्रशासन कार्यालयलाई दिइएको छ ।

जिल्ला शिक्षा कार्यालय खारेज भई जिल्ला प्रशासन कार्यालय मातहत शिक्षा विकास तथा समन्वय इकाई खडा भएपछि सो कार्यक्रमको अख्तियारी प्रशासन कार्यालयलाई दिइएको हो ।

विद्यालय तहसम्मको शिक्षा व्यवस्थापन र सञ्चालनको अधिकार संविधानतः स्थानीय तहको भएपछि साविकका जिल्ला शिक्षा कार्यालय स्थानीय स्वायत्त शासन ऐन २०७४ बमोजिम गत चैत २८ देखि लागू हुने गरी खारेजी भएका हुन् । मन्त्रिपरिषद्को गत चैत २७ को निर्णयानुसार सो इकाइ खडा भएको हो ।

साविकका जिल्ला शिक्षा अधिकारीहरुले इकाइको प्रमुखको रुपमा काम गर्ने गरी मन्त्रिपरिषद्को यही वैशाख ४ गतेको बैठकले अन्तरिम संगठन संरचना स्वीकृत तथा दरबन्दी तेरिज स्वीकार गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साविकका शिक्षा कार्यालयमा पत्राचार गरेपछि ती कार्यालयले “नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, विकास तथा समन्वय इकाइ”को नाममा साइनबोर्ड र छाप बनाउन शुरु गरेका छन् ।

आफैँ कार्यालय प्रमुख भई काम गरेका शिक्षा सेवाका अधिकारीले प्रशासन सेवाका प्रमुख जिल्ला अधिकारीले तजबिजीमा अधिकार प्रत्यायोजन (अख्तियारी) दिएका आधारमा बजेट र कार्यक्रम सञ्चालन र नीतिगत निर्णय गर्नुपर्ने भएपछि असहजता महसुस गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले संविधानको मर्म र मन्त्रिपरिषद्को निर्णयानुसार जिल्ला शिक्षा कार्यालय खारेज भएको र चालु आर्थिक वर्षको बाँकी कार्यक्रम जिल्ला प्रशासन कार्यालय आफै वा उसको अख्तियारीका आधारमा शिक्षा इकाइले सञ्चालन गर्ने गरी परिपत्र पठाइएको बताउनुभयो ।

गृह मन्त्रालयबाट पनि सोही बमोजिमको परिपत्र जानेक्रम शुरु भएकाले प्रमुख जिल्ला अधिकारीले खटाए बमोजिम शिक्षा इकाइले काम गर्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारीले सबै काम आफ्नो प्रत्यक्ष निर्देशनमा गर्ने वा इकाइ प्रमुखलाई पूर्ण अख्तियारी दिने भन्ने जिल्लाअनुसार फरक ÷फरक अभ्यास पनि हुन सक्नेछ तर जवाफदेहिता, लेखा परीक्षण र माथिल्लो निकायमा प्रतिवेदन पठाउने काम प्रमुख जिल्ला अधिकारीकै हुनेछ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षाका कार्यक्रम सञ्चालन र अख्तियारीमा कुनै समस्या आएमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गरिने आश्वासन शिक्षा प्रमुखलाई दिँदै आउनुभएको छ ।

चालु आर्थिक वर्षमा विद्यालयका शिक्षकको तलब, विद्यार्थीको छात्रवृत्ति र निःशुल्क पाठ्यपुस्तकबापतको रकम मात्र स्थानीय तहमा गएको छ भने विद्यालय क्षेत्र विकास कार्यक्रम लगायत शैक्षिक विकास र अन्य कार्यक्रम इकाइ (यसअघिका शिक्षा कार्यालय) मै छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाको उत्तरपुस्तिका सम्परीक्षण तत्काल गर्नुपर्ने तथा जिल्ला परीक्षा समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने भएकाले हाललाई प्रशासन कार्यालय मातहत इकाइ राखिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मन्त्रालयबाट परिपत्र आएकाले शिक्षासम्बन्धी कामको समन्वय र व्यवस्थापनका लागि आफूहरुले चाँडै उपयुक्त निर्णय लिने भएकाले शिक्षाको काममा बाधा नपर्ने बताउनुभयो । नयाँ व्यवस्थाले साविक शिक्षा कार्यालयका बैँक खाता र लेखापाल प्रशासन कार्यालय मातहत पर्छ ।

गोरखाका शिक्षा इकाइका प्रमुख दीपेन्द्र सुवेदीले प्रशासन कार्यालयबाट अख्तियारी आइनसकेकाले काम गर्न सहज नभएको र ढिलाइ भएमा चालु आर्थिक वर्षका विद्यालय क्षेत्र विकासलगायतका कार्यक्रमको प्रगति हुन कठिनाई हुने बताउनुभयो ।

शिक्षा इकाइका प्रमुखहरुले शिक्षकहरुको राजीनामा र सरुवामा पनि अख्तियारी नआएसम्म निर्णय गर्न नसकिने भनी गुनासो गर्दै आएका छन् ।

भक्तपुर शिक्षा इकाइका प्रमुख अर्जुन रायमाझीले भने सरकारको निर्देशन र प्रशासन कार्यालयको अख्तियारी अनुसार शिक्षाको व्यवस्थापनका काम गर्न आफूहरु तत्पर रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu