काठमाडौं, १५ वैशाख । साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवले क्षमादान पाएका छन् ।
उनले हत्या गरेका मृतकका परिवारले माफी दिन सहमति जनाएका छन् ।
पाकिस्तानी नागरिकको हत्या अभियोगमा यादव सन् २००७ देखि साउदीको जुवेल जेलमा छन् । यादवका पक्षबाट अब पीडित परिवारलाई पाकिस्तानी ३० लाख ब्लडमनी दिनुपर्नेछ ।
अब ब्लड मनी जुटाउनका लागि अभियान सुरु भएको छ । उनलाई सहयोग गर्न चाहानेले प्रभु बैंकको खाता नम्बर ४९००१००९१३५८८०००००१मा जम्मा गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्