काठमाडौं, १५ वैशाख । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले अपराधमा संलग्न व्यक्तिहरूलाई कुनै हालतमा उन्मुक्ति नदिने वताएका छन् ।
शनिबार चन्द्रागिरि नगरपालिका ११ मा महानगरीय प्रहरी प्रभाग वलम्वुले गरेको नागरिक सुनुवाइ कार्यक्रममा पोखरेलले प्रहरी सेवामा रहुनजेल आफू पनि कानुनको परिधिभित्र रहेर काम गर्ने र अरूलाई कानुनको दायरामा ल्याउने वताएका हुन् ।
‘अन्यायको पक्षमा लाग्छ भने वरू वर्दी त्याग्न तयार छु, कसैलाई उन्मुक्ति दिनेछैन ।’ कुनै प्रहरीले गल्ती गर्दैमा संगो प्रहरी संगठनलाई एउटै नजरले हेर्ननहुने उनले वताए ।
कार्यक्रममा महानगरीय प्रहरी प्रभागका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले चन्द्रागिरि जनघनत्वको हिसावले प्रहरीको सङ्ख्या कम रहेको बताए । सिमित स्रोत र साधन भएपनि अपराध नियन्त्रणमा कुनै कसर वाँकी नराखेको उनले बताए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले स्थानीय तह र सुरक्षा निकायबीच समन्वय भए मात्र अपराध जन्य हिंसात्मक गतिविधिलाई निरूसाहित गर्न सक्ने वताए ।
प्रतिक्रिया दिनुहोस्