काठमाडौं, १६ वैशाख । अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने भनिएका खाँदबारी–९ स्थित तुम्लिङटारमा रहेको कार्यालयमा बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे बम विस्फोट भएको र त्यसबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको जानकारी दिएको छ ।
विष्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन भटनालगत्तै सुरक्षा सतर्कता अपनाएइको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्