काठमाडौं , १६ वैशाख । बाजुराको जगन्नाथ गाउँपालिका–१ मा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ्दा एकजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकाछन् ।
मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट र वेपत्ता हुनेमा ५३ वर्षीय जयबहादुर रहको डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्। यस बारे
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्