प्रदेश नम्बर पाँचको संसद बैठकलाई बुटवलमा केहीबेर अघि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणले बिग्रिएको सम्बन्ध सुधार गर्दै सामान्य अवस्थामा ल्याउन सफल भएको बताउनुभयो । ‘छिमेकीहरुसँग केही स–साना समस्या छन’, ओलीले भन्नुभयो, ‘तर समाधानको अवस्थामा छन ।’
छिमेकी देशहरुसँगको सम्बन्ध बराबरीको हिसाबले हुने ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन सकिएकाले देश आर्थिक समृद्धितर्फ अग्रसर हुने आश्वासन दिनुभयो ।
संघीयताले अधिकारमा नागरिकको पहुँच र अपनत्व बढाएको प्रधानमन्त्री ओलीको भनाई छ । मौलिक हक र अधिकार संरक्षण तथा प्रर्बद्धनका लागि नेपालको संविधान संसारकै सर्वोत्कृष्ट रहेको ओलीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्