काठमाडौं,१६ बैशाख। सरकारले सुरू गरेको नयाँ विद्यार्थी भर्ना अभियानलाई पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि साथ दिएका छन् ।
उनले गृहजिल्ला गोरखाको खोप्लाङका ३ वर्षे बालक रोशन परियारको अभिभावकत्व ग्रहण गरेका हुन् । खोप्लाङको शारदा माध्यामिक विद्यालयमा रोशनलाई भर्ना गर्दै भट्टराईले उनको शिक्षामा सहयोग गर्ने बताएका छन् ।
रोशन शुक्रबार विद्यालय भर्ना भएका थिए । रोशनको फोटो ट्वीट गर्दै भट्टराईले लेखेका छन्, ‘सरकारको निरन्तरको अनुरोधमा आफ्नै गाउँले शिशु रोशन परियारलाई पालुङटारको शारदा माविमा भर्ना गरी अभिभावकत्व ग्रहण गर्दै नागरिक दायित्व निभाइयो ।’
पढाइको निरन्तरताका लागि भन्दै भट्टराईले दिवा खाजाको पनि व्यवस्था गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्